काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य अनिवार्य अवकाश भएका छन् । प्रहरी नियमावली २०७१ अनुसार ५६ वर्षे उमेर हदका कारण उनी सोमबार रातिबाट अनिवार्य अवकाशमा गएका हुन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत बज्रचार्य अवकाशमा गएसँगै नेपाल प्रहरीमा रिक्त एआईजीको संख्या २ पुगेको छ । यसअघि ११ पुसमा अर्का एआईजी भरतबहादुर बोहरा अनिवार्य अवकाशमा गएका थिए । बोहरा ४ पुसमामात्रै एआईजीमा बढुवा भएका थिए ।
बोहरा र बज्राचार्य अवकाशमा गएसँगै रिक्त दुई एआईजीको दरबन्दीका लागि डीआईजीहरुबीच प्रतिस्पर्धा सुरु भएको छ । दुई एआईजीका लागि डीआईजीहरु कुवेर कडायत, चन्द्रकुवेर खापुङ, रवीन्द्र केसी, जनक भट्टराई बढुवाको दाबेदार छन् ।
विद्यमान प्रहरी नियमावलीअनुसार बढुवा दाबेदारहरु मध्ये कडायत, केसी, भट्टराई आउँदो ५ चैतमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँगै ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानेछन् । खापुङ भने २०८२ कात्तिक अवकाश हुनेछन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-12-31
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
