
काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य अनिवार्य अवकाश भएका छन् । प्रहरी नियमावली २०७१ अनुसार ५६ वर्षे उमेर हदका कारण उनी सोमबार रातिबाट अनिवार्य अवकाशमा गएका हुन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत बज्रचार्य अवकाशमा गएसँगै नेपाल प्रहरीमा रिक्त एआईजीको संख्या २ पुगेको छ । यसअघि ११ पुसमा अर्का एआईजी भरतबहादुर बोहरा अनिवार्य अवकाशमा गएका थिए । बोहरा ४ पुसमामात्रै एआईजीमा बढुवा भएका थिए ।
बोहरा र बज्राचार्य अवकाशमा गएसँगै रिक्त दुई एआईजीको दरबन्दीका लागि डीआईजीहरुबीच प्रतिस्पर्धा सुरु भएको छ । दुई एआईजीका लागि डीआईजीहरु कुवेर कडायत, चन्द्रकुवेर खापुङ, रवीन्द्र केसी, जनक भट्टराई बढुवाको दाबेदार छन् ।
विद्यमान प्रहरी नियमावलीअनुसार बढुवा दाबेदारहरु मध्ये कडायत, केसी, भट्टराई आउँदो ५ चैतमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँगै ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानेछन् । खापुङ भने २०८२ कात्तिक अवकाश हुनेछन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १६ पुष २०८१, मंगलवार १२:१०
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
