
काठमाडौं । क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेस्डर नियुक्त गरिएको छ। एसडब्ल्युभी अटोमोबाइल्सले उनलाई एम्बेस्डर नियुक्त गरेको हो ।
साथै, ऐरीलाई ओमोडा ई–फाइभ हस्तान्तरण समेत गरिएको छ । उनी बुवा आमासँगै कार्यक्रममा पुगेका थिए । ऐरी हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सका कप्तान हुन् । एनपीएल २०२४ को ‘ओमोडा इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ बनेका उनलाई ओमोडा–ई फाइभ प्रदान गरिएको थियो ।
शारडा ग्रुप एसपीजी अटोमोबाइल्स प्रालि (ओमोडा एन्ड जेइकोका लागि नेपालमा आधिकारिक वितरक)को अभिभावक कम्पनी हो । उक्त कार पाएवापत लाग्ने सम्पूर्ण कर (करिब १५ लाख रूपैयाँ) पनि कम्पनीले बेहोर्ने जनाएको छ । ९९ किलोवाट मोटर रहेको उक्त गाडीमा ६१ किलोवाट आवरको ब्याट्री रहेको छ । कम्पनीका अनुसार यसले ४३० किलोमिटरको रेन्ज दिन्छ ।

कार्यक्रममा शारदा ग्रुपका अध्यक्ष शशि रतन शारदा, प्रबन्ध निर्देशक सन्दीपकुमार शारदा र विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति थियो। दीपेन्द्रको खेलमा उत्कृष्टतालाई लिएर ब्रान्ड एम्बेस्डरमा अनुबन्ध गरिएको कम्पनीले जनाएको छ । उनको खेलमा उत्कृष्टता र अन्तर्राष्ट्रिय मान्यता, जसले ओमोडा एन्ड जेइकोको ब्रान्ड छविलाई थप उचाइमा पुर्याउने विश्वास गरिएको छ।

ओमोडा एन्ड जेइकोले नेपाल क्रिकेट र खेलकुदको विकासमा उल्लेखनीय योगदान पुर्याउँदै आउने योजना पनि सार्वजनिक गरेको छ।

सुदिना श्रेष्ठ
Sudina Shrestha
प्रकाशित: १५ पुष २०८१, सोमबार १९:३७
धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध मुद्धा दायर

राष्ट्रिय सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित

नयाँ नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने

जोटा र उनका भाईको अन्त्यष्टि शनिबार हुने

जोटा र उनका भाईको अन्त्यष्टि शनिबार हुने

सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरियो नागरिक उन्मुक्ति
