काठमाडौं । क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेस्डर नियुक्त गरिएको छ। एसडब्ल्युभी अटोमोबाइल्सले उनलाई एम्बेस्डर नियुक्त गरेको हो ।
साथै, ऐरीलाई ओमोडा ई–फाइभ हस्तान्तरण समेत गरिएको छ । उनी बुवा आमासँगै कार्यक्रममा पुगेका थिए । ऐरी हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सका कप्तान हुन् । एनपीएल २०२४ को ‘ओमोडा इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ बनेका उनलाई ओमोडा–ई फाइभ प्रदान गरिएको थियो ।
शारडा ग्रुप एसपीजी अटोमोबाइल्स प्रालि (ओमोडा एन्ड जेइकोका लागि नेपालमा आधिकारिक वितरक)को अभिभावक कम्पनी हो । उक्त कार पाएवापत लाग्ने सम्पूर्ण कर (करिब १५ लाख रूपैयाँ) पनि कम्पनीले बेहोर्ने जनाएको छ । ९९ किलोवाट मोटर रहेको उक्त गाडीमा ६१ किलोवाट आवरको ब्याट्री रहेको छ । कम्पनीका अनुसार यसले ४३० किलोमिटरको रेन्ज दिन्छ ।

कार्यक्रममा शारदा ग्रुपका अध्यक्ष शशि रतन शारदा, प्रबन्ध निर्देशक सन्दीपकुमार शारदा र विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति थियो। दीपेन्द्रको खेलमा उत्कृष्टतालाई लिएर ब्रान्ड एम्बेस्डरमा अनुबन्ध गरिएको कम्पनीले जनाएको छ । उनको खेलमा उत्कृष्टता र अन्तर्राष्ट्रिय मान्यता, जसले ओमोडा एन्ड जेइकोको ब्रान्ड छविलाई थप उचाइमा पुर्याउने विश्वास गरिएको छ।

ओमोडा एन्ड जेइकोले नेपाल क्रिकेट र खेलकुदको विकासमा उल्लेखनीय योगदान पुर्याउँदै आउने योजना पनि सार्वजनिक गरेको छ।

सुदिना श्रेष्ठ
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-12-30
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
