
काठमाडौं । काठमाण्डौको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
मेयर बस्नेतले पदको दुरुपयोग गरेर आफ्नै नगरपालिका क्षेत्रमा रहेको पद्मा कोलनी प्रालि, पद्मा मर्चेन्ट कम्पनी र जगतगुरु कृपालु प्रतिष्ठान नेपालका लागि काम गरी नाजायज लाभ लिएको र राज्यकोषमा नोक्सानी हुने काम गरेको अख्तियारको आरोप छ ।
बजार मूल्य ४७ करोड ७५ लाख रुपैयाँ भएको जग्गा पद्मा कोलनीले जग्गाधनीलाई १८ करोड ९४ लाख १८ हजार चार सय ४८ रुपैयाँ भएको उल्लेख गरी भुक्तान दिएको, राजश्व र बैनाबट्टा रकमसमेत गरी कुल २३ करोड २२ लाख २७ हजार रुपैयाँ मात्रै भुक्तानी गरेको पाइएको आरोपपत्रमा उल्लेख छ ।
यस कार्यमा मेयर बस्नेतको प्रत्यक्ष सहभागिता रहेको पाइएको अख्तियारको आरोप छ । अख्तियारका अनुसार मेयर बस्नेत र श्रीमती उर्मिला बस्नेतको खातामा दुई करोड १५ लाख ७३ हजार तीन सय ९५ रुपैयाँ रकम जम्मा गरेको पाइएको छ ।
यस्तै छ करोड ८२ लाख रुपैयाँ बराबरको जग्गा र वैवाहिक भोज गर्दा २४ लाख ७२ हजार छ सय ३७ रुपैयाँ बराबरको रकमसमेत पद्मा कोलनीका सञ्चालक राजुप्रसाद कँडेलले उपलब्ध गराएको आयोगले जनाएको छ ।
अख्तियारले नौ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मेयर बस्नेत, श्रीमती उर्मिला बस्नेत, पद्मा कोलनीका सञ्चालक कँडेलविरुद्ध हिजो विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुर गरेको अभियोगमा पनि मेयर बस्नेत, श्रीमती उर्मिला र पद्मा कोलनीका सञ्चालक कँडेलविरुद्ध १३ करोड १२ लाख ७३ हजार रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १५ पुष २०८१, सोमबार ०८:२५
अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई प्रोस्टेट क्यान्स

एकैदिन एक सय ३५ जना आरोही सगरमाथा शिखरमा

NEPSE declined slightly on Sunday

PM Oli congratulates medal winners of South Asian Youth Table Tennis Championship

रसुवाबाट साढे सात किलो सुन बरामद, एक जना पक्राउ

“के गर्ने त ?” बाध्यतामा रोजगारीतर्फ आकर्षित काठमाडौंमा युवा
