काठमाडौं । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको विमान दुर्घटनामा उद्धार गरिएका २ जनाबाहेक सबैको मृत्यु भएको छ ।१८१ जना सवार थाइल्याण्डको बैंककबाट फर्किएको जेजु एयरको विमान दक्षिण–पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो ।
योनहाप समाचार संस्थाका अनुसार दुई जनाको जीवितै उद्धार गरिएको छ । जसमा एक चालक दलका सदस्य र एक यात्रु रहेका छन् । उनीहरुलाई अस्पताल लगिएको छ ।१ सय ७५ यात्रु र चालक दलका ६ सदस्य रहेको बोइङ ७३७–८०० विमान धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको हो । विमानमा १ सय ७३ कोरियाली र २ जना थाई नागरिक थिए ।
आपत्कालिन सेवाका अधिकारीहरूले उद्धार गरिएका दुई जनाबाहेक सबैको ज्यान गएको अनुमान गरेका छन् । दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन । तर, चरासँग ठोकिएपछि ल्यान्डिङ गियरमा समस्या भएको आशंका गरिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-12-29
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
