काठमाडौं । फोटो पत्रकार एवं सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ विश्व प्रसिद्ध सञ्चारमाध्यम सीएनएनको उत्कृष्ट सूचीमा परेकी छन् । एकै सिजनमा तीनपटक सगरमाथाको सफल आरोहण गरेकी पूर्णिमा सीएनएनको ‘द एक्सट्रिम एथलेट्स हु पुस्ड लिमिट इन–२०२४’को सूचीमा परेकी हुन् ।
एक सिजनमा तीनपटक सगरमाथाको सफल आरोहण गर्ने विश्वकै पहिलो र एकमात्र महिला भन्दै सीएनएनले उत्कृष्ट सूचीमा राखेको छ । सीएनएनको उत्कृष्ट सूचीमा परेपछि पूर्णिमाले सामाजिक सञ्जालबाट खुसी व्यक्त गर्दै लेखेकी छन् । ‘सूचीमा मलाई समेत चयन गरेकोमा गौरवान्वित महसुस गरेकी छु । सन् २०२४ मेरो जीवनको एक ऐतिहासिक वर्ष बन्न पुग्यो ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-12-29
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
