
काठमाडौं । फोटो पत्रकार एवं सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ विश्व प्रसिद्ध सञ्चारमाध्यम सीएनएनको उत्कृष्ट सूचीमा परेकी छन् । एकै सिजनमा तीनपटक सगरमाथाको सफल आरोहण गरेकी पूर्णिमा सीएनएनको ‘द एक्सट्रिम एथलेट्स हु पुस्ड लिमिट इन–२०२४’को सूचीमा परेकी हुन् ।
एक सिजनमा तीनपटक सगरमाथाको सफल आरोहण गर्ने विश्वकै पहिलो र एकमात्र महिला भन्दै सीएनएनले उत्कृष्ट सूचीमा राखेको छ । सीएनएनको उत्कृष्ट सूचीमा परेपछि पूर्णिमाले सामाजिक सञ्जालबाट खुसी व्यक्त गर्दै लेखेकी छन् । ‘सूचीमा मलाई समेत चयन गरेकोमा गौरवान्वित महसुस गरेकी छु । सन् २०२४ मेरो जीवनको एक ऐतिहासिक वर्ष बन्न पुग्यो ।’
Sudina Shrestha
प्रकाशित: १४ पुष २०८१, आईतवार १६:५६
बागमतीमा तीन मन्त्री नियुक्त

जन्मदर बढाउन चीनले अब तीन बच्चाहरूको लागि १५०० डलरसम्म दिने

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

भोटेकोशीमा फेरी बाढी, रसुवामा उच्च सतर्कता

२०८२ साउन १४ गते बुधबार: आजको राशिफल

रुसी तटमा ८.८ रिक्टरको शक्तिशाली भूकम्प, जापान र अमेरिकासहितका देशमा सुनामीको चेतावनी
