काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा र खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा तोकेको छ । यो अहिलेसम्मकै उच्च हो ।
पछिल्लो हप्ता हरेक दिन अमेरिकी डलर बलियो बनेसँगै नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ । डलरको भाउमा आएको उतारचढावले भारतीय मुद्रा प्रत्यक्ष प्रभावित हुने र त्यसको असर नेपाली मुद्रा बलियो वा कमजोर हुने गरेको छ । भारु र नेरुबीच स्थिर विनिमय दर छ ।
नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । डलर बलियो बन्दा नेपाललाई फाइदा पनि हुन्छ । मुख्यगरी रेमिट्यान्स आप्रवाहमा फाइदा हुने गर्छ । तर बस्तु तथा सेवाको आयातवापत भूक्तानीमा नोक्सानी पनि हुन्छ ।
राष्ट्र बैंकले आज युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०४ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ २९ पैसा कायम गरेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८५ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९५ रुपैयाँ २५ पैसा तोकेको छ । यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-12-29
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
