काठमाडौं । जी.ओ अटो मोबाइल्स तथा लक्ष्मी ई–मोविलिटीले काई ई–क्युट ४ विद्युतीय ३० वटा कार सप्लार्यस गरेको छ । जी.ओ अटो मोबाइल्स र लक्ष्मी ई–मोविलिटीको सहकार्यबाट पहिलोपटक ३० वटा कार बिक्री गरेको बिहीबार पत्रकार जनकारी गराएको हो ।

जी.ओ अटो मोबाइल्स र लक्ष्मी ई–मोविलिटीले सो अवसरमा एक कार्यक्रबीच ती बिक्री भएका कार खरिदकर्तालाई हस्तान्तरण गरेको छ । पछिल्लो समय विद्युतीय कारको ट्रेण्ड बढिरहेको बताउँदै कम्पनीले विद्युतीय कारले वातावरण स्वच्छ बनाउनमा सहयोग पुग्ने विश्वास गरेको छ ।

कैयी अटोले संसारका विभिन्न देशमा विद्युतीय तथा फ्यूल गाडी स्पलायर्स गर्दै आएको छ । केही समयका लागि यी कम्पनीका काई ई–क्यूट ४ गाडी नेपालमा स्पेशल अफरका लागि २४ लाख ९६ हजारमा विक्री वितरण गर्दै आएको जी.ओ अटो मोबाइल्स तथा लक्ष्मी ई–मोविलिटीले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-12-26
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
