
- सुदिना श्रेष्ठ
काठमाडौं । परम्परागत हराएको मैनको ढाला lost wax sculpting बिधि करिब १०औँ शताब्दीतिर नेपालमा देखापरेको थियो । यो विधि समयसँगै परिष्कृत हुँदै नेपालको सांस्कृतिक तथा कलात्मक सम्पदाको एक महत्वपूर्ण भाग बन्न पुग्यो । यो बिधि आज पनि नेपाली मूर्तिकलाको मूल आधार हो । नेपाली कलाकारले यो कला पुस्तौँपुस्तामा हस्तान्तरण गर्दै आएका छन् । आज पनि यो कला पाटनको विभिन्न स्थानहरुमा देख्न पाइन्छ ।

पाटन सिन्चाहिटी निवासी ५७ वर्षीय बाबुुराजा बज्राचार्य हराएको मैनको मूर्तिकलाका उत्कृष्ट कलाकारहरुमध्ये एक हुन् । उनी विगत ३० वर्षदेखि मैनको ढाला विधि प्रायोग गर्दै मूर्तिकला गर्दै आइरहेका छन् । उनी भन्छन्, ‘यस प्रकारका मूर्तिहरु बनाउन, मूर्तिको आकार र जटिलतामा आधारित रुपमा यसलाई पूरा गर्न धेरै समय र मेहनत चाहिन्छ । मैनबाट अन्तिम धातु मूर्तिमा परिणत गर्नका लागि प्रत्येक चरणमा विशेष ध्यान र परिश्रमको आवश्यकता पर्दछ ।’
उनले बनाउने मूर्तिहरु बुद्ध र उनका विभिन्न अवतारहरुका साथै अन्य बौद्ध देवीदेवताका हुन्छन् । यी मूर्तिहरु देशभरिका साथै विदेशका बौद्ध गुम्बाहरुमा सजाउन र पूजा गर्नका लागि प्रयोग गरिन्छ । यी मूर्तिहरु केवल धार्मिक आस्था र परम्पराको प्रतिकमात्र नभइ नेपाली कलाको अनुपम उदाहरण पनि हुन् । जसले देशको सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गर्दछ ।
उनको उत्कृष्ट कलाकृति विभिन्न नेपालका गुम्बाहरुमा देख्न सकिन्छ, जस्तै कपन गुम्बा, बौद्ध गुम्बा, स्वयम्भू, फर्पिङ् गुम्बा आदी । यस्तै, उनका कलाकृतिहरु थाइल्याण्ड, सिंगापुर, मलेसिया जस्ता बाहिरी देशहरुमा पनि पाइन्छ । यी मूर्तिहरुले नेपाली कला र संस्कृति अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण योगदान प¥ुयाएका छन् । उनको उत्कुष्ट कलाकृति पाटन सुन्धारामा रहेको उनको शोरुम बज्राचार्य ह्यान्डिक्राफ्टस् Bajracharya Handicrafts पनि भेट्न सकिन्छ । उनको प्रतिभा र नेपाली हस्तकलालाई तथा हराएको मैनको मूर्तिकलालाई उचाइमा पु¥याउन गरेको निरन्तर समर्पणलाई सम्मानका साथ लिन सकिन्छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ५ पुष २०८१, शुक्रबार १९:२१
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
