
काठमाडौं । नेपालका अग्रणी स्त्री तथा प्रसुती रोग विशेष डा. भोला प्रसाद रिजाललाई ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले मिति २०८१ साल मंसिर २९ गते, शनिबार सम्मानित गरेको छ ।
अस्पतालको २८ औँ वार्षिक साधारणसभाको अवसरमा रिजाललाई ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरको “संस्थापक तथा संरक्षक” विशेष सम्मानबाट सम्मानित गरेको हो ।
डा. रिजाललाई काठमाडौको धुम्बाराही स्थित होटल रामादा–अकामामा आयोजित विशेष समारोहमा अस्पतालका संचालक, शेयरधनी तथा उच्च ब्यबस्थापनका माझ ॐ हस्पिटलका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठले माला तथा दोसल्ला पहिर्याएर कदरपत्र हस्तान्तरण गरी सम्मानित गरेका थिए ।
अस्पतालका मेडिकल डाईरेक्टर डा. हरिश जोशीले सम्मान पत्र वाचन गरेका थिए भने अस्पतालका संचालकहरु र प्रमुख कार्यकारी अधिकृतले माला तथा खादा पहिर्याएर बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
सम्मान ग्रहण गरिसकेपछि सभालाई सम्बोधन गर्दै डा. भोला प्रसाद रिजालले ॐ अस्पताल संचालक समिति, शेयरधनी र अस्पताल ब्यबस्थापनलाई धन्यवाद आभार व्यक्त गरेका थिए ।
अस्पतालको परिकल्पना, शुरुवाति दिनका संधर्ष र यादहरु स्मरण गर्दै उनले आजको ॐ हस्पिटल देशले गर्व गर्न लायकको नीजि क्षेत्रको स्वास्थ्य सेवा प्रदायक बनाउन अहोरात्र लागि परेका सबैलाई धन्यवाद दिए ।
ॐ हस्पिटल आफुले जन्माएको सन्तान सरह लाग्ने भएकाले आफुलाई अत्यन्त प्यारो लाग्ने गरेको र यसका हरेक सुख दुखमा आफु जानकार रहेको बताए । डा. रिजालले यसको हितमा सधै साथ रहेको र भबिष्यमा पनि रहिरहने प्रतिवद्धता जनाए ।
ॐ हस्पिटल संचालक समितिका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठले सभालाई सम्बोधन गर्दै नेपाली कला, साहित्य , संगीत, चलचित्र, समाज सेवा र सनातन धर्मको सेवामा प्रेरणादायी रुपमा सक्रिय डा. रिजाललाई सम्मानित गर्न पाएर आफू र ॐ अस्पताल परिवार पनि सम्मानित भएको अनुभुती गरिरहेको र सदैव उहाँको आदर्शलाई निरन्तरता दिने प्रण गरे ।
बि.स. २०४६ सालको ऐतिहासिक जनआन्दोलनसँगै नेपालको स्वास्थ्य क्षेत्रमा नीजि क्षेत्रबाट उनको कुशल नेतत्वमा स्थापना भएको तत्कालीन ॐ नर्सिङ्ग होम पछि २०५२ सालदेखि ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लि।मा रुपान्तरीत भई विगत ३५ वर्षदेखि गुणस्तरीय, आधुनिक र पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
उनले नेपालमा आधुनिक चिकित्सा क्षेत्रको स्त्तरबृद्धि गर्ने एवं नयाँ पुस्ताका चिकित्सकहरुलाई प्रेरणा तथा मार्गदर्शन दिनुकासाथै हजारौं महिलाको जीवन रक्षा गर्नु भएकोछ भने नेपालमा नै पहिलो पटक ॐ अस्पतालमा आइ.भि.एफ. सेन्टरको स्थापना गरी हजारौं निःसन्तान दम्पतीहरुलाई वात्सल्य सुख प्रदान गरेको छ ।
साथै ॐ हेल्थ फाउन्डेशन मार्फत नेपालका दुर्गम तथा अति बिकट क्षेत्रहरुमा स्वास्थ्य सेवाको पहुँच पुर्याएर अस्पतालको सामाजिक उत्तरदायित्वको आदर्शसमेत स्थापित गरेका छन् ।
डा. भोला प्रसाद रिजालको निष्ठा, समर्पण र योगदानलाई निरन्तर स्मरण गर्नुकासाथै सधैं ॐ अस्पताल र देशको स्वास्थ्य सेवा प्रणालीलाई अझ सशक्त बनाउन उहाँको प्रेरणादायी भूमिकाको अपेक्षा सधैं रहिरहने अस्पताल जनाएको छ ।
२०४६ सालमा नीजि लगानीमा स्थापित नर्सिङ्गहोम उनीसहित अन्य केही उत्साही चिकित्सक तथा ब्यबस्थापकीय टोलीको कुशल नेतृत्व र चुस्त ब्यबस्थापनको कारणले गर्दा हाल १७५ शैय्याको ३६ वटाभन्दा बढी विशेषज्ञता सेवासहितको अत्याधुनिक सुविधा सम्पन्न अस्पतालको रुपमा सगौरव सेवारत रहेको छ ।
डा. भोला प्रसाद रिजाल र उनको परिवारको समेत ॐ अस्पतालमा मेजर शेयर होल्डिङ्ग यथावत रहेको र श्रीमती सरला रिजाल अस्पतालको संचालक समितिको संचालक समेत रहेको अस्पतालले जनाएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ५ पुष २०८१, शुक्रबार ०९:१८
Petroleum imports worth over Rs 16 billion recorded through Kakarbhitta

गाजामा २०० मिडियाकर्मीको मृत्यु : इएफजे

विद्युत्को पोलले लागेर एक जनाको मृत्यु

कार्बाइड हालेर पकाएको आँप बजारमा छ्यापछ्याप्ती, सचेत हुन विज्ञको सुझाव

दुई किशोरबीच फेसबुकमा भनाभनपछि भेट हुँदा कुटाकुट, एक जनाको मृत्यु

रामेछापमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित
