काठमाडौं (एजेन्सी) । रुसले क्यान्सरविरुद्धको खोप निर्माण गरेको छ । रुसी स्वास्थ्य मन्त्रालयअन्तर्गतको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका निर्देशक आन्द्रेई काप्रिनले क्यान्सरको खोप बनाउन सफल भएको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यद्यपी भ्याक्सिनको नाम भने राखिएको छैन । रुसले उक्त खोजलाई शताब्दीकै ठूलो भएको दाबी गरेको छ । रुसी सञ्चारमाध्यमहरुका अनुसार सरकारले उक्त खोप सन् २०२५ को सुरुमा सार्वजनिक गर्ने तथा नागरिकलाई निःशुल्क वितरण गर्ने तयारी गरेको छ । निर्देशक आन्द्रेईले रुसले क्यान्सरविरुद्धको आफ्नै ‘एमआरएनए’ खोप विकास गरेको पुष्टि समेत गरे ।
खोपको क्लिनिकल परीक्षण गरिएको र त्यसमा उक्त भ्याक्सिनले ट्युमर वृद्धि हुनबाट रोक्न मद्दत गरेको देखाएको जनाइएको छ । सन् २०२४ को सुरुमै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्यान्सरको खोप निर्माणको नजिक पुगेको बताएका थिए । यो खोप विगतका खोपभन्दा छिटो एन्टिबडी बनाउन सक्षम रहेको दाबी गरिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-12-19
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
