काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समिति सदस्यमा दुईजना सदस्य मनोनित भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रको सञ्चालक समिति सदस्यमा डा. राजेन्द्रप्रसाद बराल र दीपकराज सापकोटालाई मनोनित गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले कास्कीका डा. बराल र भोजपुरका सापकोटालाई केन्द्र सञ्चालक समिति सदस्यमा मनोनित गरिएको जानकारी दिए ।

शहीद गंगालाल राष्ट्रिय हृदयरोग अस्पतालको सञ्चालक समिति सदस्यमा रोटरी क्लब अफ दरबारमार्गका चार्टर प्रेसिडेन्ट रोटरीयन डा. राजेन्द्रप्रसाद बराल र दीपकराज सापकोटा मनोनित भएप्छि अस्पताललाई अझै समुन्नत बनाउँदै आम सर्वसाधारणको पहुँचमा पुर्याउने र सेवालाई अझै चुस्त र दुरुस्त बनाउनेतर्फ नीतिगत निर्णयहरू गर्न सञ्चालक समितिमा अग्रणी भूमिका निभाउने प्रतिवद्धता जनाएका छन् ।

टाटा मेमोरियल अस्पताल, मुम्वई र मोटीलाल नेहरु मेडिकल कलेज अल्लाहबादमा अध्ययन गरेका डा. राजेन्द्रप्रसाद बरालले भक्तपुर क्यान्सर अस्पतालमा मेडिकल डाइरेक्टरको रुपमा कार्य गरेका थिए । नेशनल क्यान्सर सेन्टर, सिउल दक्षिण कोरियामा निरीक्षण निर्देशकका रुपमा पनि कार्यरत रहेका उनीसँग साउथ एशियन जर्नल अफ क्यान्सरका प्रकाशनमा रिजनल सम्पादकको रुपमा पनि कार्य सम्पादन गरेको अनुभव छ ।
उनी एशियन नेशनल क्यान्सर सेन्टर एलाइन्समा बोर्ड मेम्बर रहेका छन भने नर्भिक इन्टरनेशनल अस्पताल र ओम अस्पताल एण्ड रिसर्च सोसाइटीमा पनि कार्यरत छन् । नेपाल क्यान्सर निवारणको पूर्वउपाध्यक्षसमेत रहेका उनी हाल ग्लोबल क्यान्सर प्रिभेन्टीभ फोरमबाट अन्तर्राष्ट्रिय सम्मेलनहरुमा नेपालको प्रतिनिधित्व गर्दै आएका छन् ।
नेपाल सरकारको तर्फबाट मृत्युञ्जय गोल्ड मेडल प्राप्त बरालले अन्य विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ संस्थाबाट विभिन्न सम्मान तथा उपाधिहरु प्राप्त गरेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-12-17
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
