
काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समिति सदस्यमा दुईजना सदस्य मनोनित भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रको सञ्चालक समिति सदस्यमा डा. राजेन्द्रप्रसाद बराल र दीपकराज सापकोटालाई मनोनित गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले कास्कीका डा. बराल र भोजपुरका सापकोटालाई केन्द्र सञ्चालक समिति सदस्यमा मनोनित गरिएको जानकारी दिए ।

शहीद गंगालाल राष्ट्रिय हृदयरोग अस्पतालको सञ्चालक समिति सदस्यमा रोटरी क्लब अफ दरबारमार्गका चार्टर प्रेसिडेन्ट रोटरीयन डा. राजेन्द्रप्रसाद बराल र दीपकराज सापकोटा मनोनित भएप्छि अस्पताललाई अझै समुन्नत बनाउँदै आम सर्वसाधारणको पहुँचमा पुर्याउने र सेवालाई अझै चुस्त र दुरुस्त बनाउनेतर्फ नीतिगत निर्णयहरू गर्न सञ्चालक समितिमा अग्रणी भूमिका निभाउने प्रतिवद्धता जनाएका छन् ।

टाटा मेमोरियल अस्पताल, मुम्वई र मोटीलाल नेहरु मेडिकल कलेज अल्लाहबादमा अध्ययन गरेका डा. राजेन्द्रप्रसाद बरालले भक्तपुर क्यान्सर अस्पतालमा मेडिकल डाइरेक्टरको रुपमा कार्य गरेका थिए । नेशनल क्यान्सर सेन्टर, सिउल दक्षिण कोरियामा निरीक्षण निर्देशकका रुपमा पनि कार्यरत रहेका उनीसँग साउथ एशियन जर्नल अफ क्यान्सरका प्रकाशनमा रिजनल सम्पादकको रुपमा पनि कार्य सम्पादन गरेको अनुभव छ ।
उनी एशियन नेशनल क्यान्सर सेन्टर एलाइन्समा बोर्ड मेम्बर रहेका छन भने नर्भिक इन्टरनेशनल अस्पताल र ओम अस्पताल एण्ड रिसर्च सोसाइटीमा पनि कार्यरत छन् । नेपाल क्यान्सर निवारणको पूर्वउपाध्यक्षसमेत रहेका उनी हाल ग्लोबल क्यान्सर प्रिभेन्टीभ फोरमबाट अन्तर्राष्ट्रिय सम्मेलनहरुमा नेपालको प्रतिनिधित्व गर्दै आएका छन् ।
नेपाल सरकारको तर्फबाट मृत्युञ्जय गोल्ड मेडल प्राप्त बरालले अन्य विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ संस्थाबाट विभिन्न सम्मान तथा उपाधिहरु प्राप्त गरेका छन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २ पुष २०८१, मंगलवार १९:४८
कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण

इरानलाई हमासको अवस्थामा पुर्याउने इजरायलको चेतावनी

राजावादीद्वारा अनिश्चितकालीन जनआन्दोलनको घोषणा

जिल्ला अस्पताल धनकुटामा डायलाइसिस सेवा सुरु

नेप्सेमा उच्च अंककाे वृद्धि, कारोबार रकम साढे १० अर्बमाथि

७२ औं मिस वर्ल्डमा सहभागी हुन मिस नेपाल सृच्छा प्रधान भारततर्फ प्रस्थान
