काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशका ठूला राजनीतिक दल मिलेर बनेको सरकार कसैले चाहेर पनि नढल्ने बताएका छन् । नेपाल निजामति कर्मचारी संगठनद्वारा आयोजित प्रथम विधान अधिवेशन तथा १८औं केन्द्रीय परिषद् बैठकमा महासचिव पोखरेलले वर्तमान सरकार बलियो भएको र कसैले चाहेर पनि नढल्ने बताएका हुन् ।
‘अहिलेको सरकार संसदका ठूला दुई दलको बलियो सरकार हो। यो दुई दलले नचाहँदासम्म कसैले चाहेर ढल्दैन,’ उनले भने, ‘यथार्थ यही हो, नडराई ढुक्कले काम गर्न गर्नुस्।’ महासचिव पोखरेलले समृद्ध नेपाल सुखी नेपाली कुनै व्यक्ति वा दल विशेषको योजना नभएर यो राष्ट्रको र वर्तमान सरकारले सोही दिशामा काम गरिरहेको स्पष्ट पारे ।
उनले अराजकतावादले मुलुकको देशभक्तिपूर्ण भावलाई नै खाइदिने खतरा भएको र देशमा सबै सकियो भन्ने खालका भाष्य निर्माण गर्ने प्रयत्न हुनु गलत भएको स्पष्ट पारे । पुराना दलको औचित्य सकियो भन्ने प्रकारको भ्रम फिँजाउने काम समेत भएको उल्लेख गर्दै उनले थपे, ‘लोकप्रियताको माध्यमबाट नयाँ दल निर्माण गर्न सकिन्छ भनेर राजनीति र ठूला दल प्रति निराशा फैलाउने काम भइरहेको छ ।’
एमालेसँग वैचारिक प्रतिस्पर्धा गर्न नसक्नेले एमालेमाथि प्रहार गरेर राजनीतिमा निराशा जगाउने प्रयत्न गरी रहेको उनको भनाइ थियो । ‘आफूलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन एमाले लागेको छ,’ उनले भने, ‘यसका लागि हामीले सामर्थ्य बढाउनुपर्छ ।’
लोकतन्त्रमा जनतालाई अधिकार दिने हो भने सबल राज्य हुनुपर्ने र त्यसका लागि सबैभन्दा पहिला बलिया राजनीतिक दल आवश्यक रहेकोमा जोड दिए । ‘जनतालाई निराशाबाट आशामा, कमजोर राज्यबाट बलियो राज्य बनाउने कुरामा, कुशासनबाट सुशासनतर्फ जाने कुरामा ध्यान जानुपर्ने छ,’ उनले भने ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-12-17
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
