
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा शनिबार नेदरल्याण्ड्सको हेग प्रस्थान गरेकी छन् । इन्टरनेशनल कोर्ट अफ जस्टिस (आइसिजे)को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा नेपालको तर्फबाट सहभागिता जनाउन उनी त्यसतर्फ लागेककी हुन् ।
नेदरल्याण्ड्सको हेगमा रहेको उक्त अन्तर्राष्ट्रिय न्यायलयमा गत सोमबार (डिसेम्बर २) देखि सुनुवाइ जारी छ । जलवायु परिवर्तनमा राज्यको भुमिका के हुने भन्ने विषयमा विश्वका सय देश र १२ विभिन्न अन्तर्राष्ट्रिय निकायले सुनुवाइमा भाग लिँदैछन् ।
परराष्ट्रमन्त्री देउवाले डिसेम्बर ९ अर्थात सोमबार दिनको साढे ३ देखि ४ बजे (हेगको समय)सम्म अदालतसमक्ष नेपालको मौखिक धारणा राख्नेछिन् ।
हेग प्रस्थान गर्नुपूर्व उनले जलवायु परिवर्तनका कारण नेपाल जस्ता देशहरुले भोगिरहेको समस्याका बारेमा आवाज उठाउने बताइन् । उनले भनिन्, ‘विश्वको इतिहासमै सबैभन्दा धेरै जनाले विटनेस दिने, आफ्नो मुद्दा राख्ने, यो एउटा परिस्थिति निर्माण भएको छ । सय देशले आफ्नो विषय प्रस्तुत गर्दैछ। हामीले पनि खास गर्छौं ।’
जलवायु परिवर्तनका कारण नेपाल लगायतका देशलाई परेको समस्याहरुमा पीडित देशहरुले हालेको मुद्दामा सुनुवाई र नेपालको हिमाल पग्लिरहेको विषय विशेष रुपमा उठाउने उनले बताइन् ।
Sudina Shrestha
प्रकाशित: २२ मंसिर २०८१, शनिबार १६:०२
कवि युबराज अधिकारीको ‘युद्ध, युद्ध नै हुन्छ ‘ कविता कृतिको लोकार्पण सम्पन्न

दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

थई प्रधानमन्त्रीको पद धरापमा

लाङटाङ राष्ट्रिय निकुञ्जमा फोहोर व्यवस्थापन गर्ने दिगो तरिका

Rabi Lamichhane calls for constitution rewrite and end to federalism

बाढीले दाङमा बीच टापुमा फसेकी बालिकाको उद्धार
