
काठमाडौं । रोटरी क्लब अफ बागमती काठमाडौंले दृष्टि बिहीनहरुको संस्था उज्ज्वल नक्षत्र समाजलाई करिब ८० हजार बराबरको १०० थान सेतो छडी वितरण तथा हस्तान्तरण गरेको छ ।
्यस वर्षको विश्व अपाङ्गता दिवस, ३ डिसेम्बर २०२४ का दिन काठमाडौंको थापाथली स्थीत व ७ व ज्भबतिज ब्अबमझथ मा आयोजना गरिएको समारोहमा क्लबका अध्यक्ष रोटरीयण माणिक रत्न शाक्यले उक्त छडी समाजका अध्यक्ष बासूदेब अधिकारीलाई हस्तान्तरण गरेको हो ।

सो अवसरमा अध्यक्ष शाक्यले रोटरी तथा रोटरीको उद्देश्यको जानकारीको साथै छडी हस्तान्तरणको यो कार्यक्रम कसरी सम्पन्न हून सक्योे भन्ने बारेमा पनि जानकारी दिएका थिए । साथै उनले समारोहमा उपस्थित भएका दृष्टि बिहीनहरुलाई पनि सेतो छडी वितरण गरेका थिए ।
हस्तान्तरित सेतो छडी ग्रहण गर्दै समाजका अध्यक्ष अधिकारीले धन्यबाद दिनूका साथै यस सहयोगले विभिन्न जिल्लाबाट भइरहेको सेतो छडीको मागलाई सम्बोधन गर्न यस समाजलाई सहज हूने बताए । उक्त समरोहमा रोटरी क्लब अफ बागमती काठमाडौं तथा उज्ज्वल नक्षत्र समाजका विभिन्न पदाधिकारीको उपस्थिति थियो ।

Sudina Shrestha
प्रकाशित: १९ मंसिर २०८१, बुधबार १८:३३
उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य
