
काठमाण्डौं । पालिकाका रिक्त विभिन्न ४२ पदका लागि उपचुनावको सबै नतिजा आएको छ । एक मेयर, एक उपमेयर, दुई अध्यक्ष, चार उपाध्यक्ष, र ३४ वटा वडाध्यक्षको नतिजा सार्वजनिक भएको हो ।
४२ पदमध्ये समग्रमा नेपाली कांग्रेसले १७ पद, माओवादीले ११ पद र एमालेले आठ पद जितेका छन् । यस्तै, रिक्त रहेका ३४ वडाध्यक्षमध्ये कांग्रेसले १६, माओवादी केन्द्रले निर्विरोधसहित सात, एमालेले पाँच, जसपा नेपालले दुई, रास्वपाले एक, एकीकृत समाजवादीले एक, नेमकिपाले एक र स्वतन्त्र उम्मेदवारले एक ठाउँमा जितेका छन् ।
कांग्रेसले जितेका क्षेत्र निम्न छन्:
मेयर –
कीर्तिपुर नगरपालिका – कृष्णमान डंगोल (०७९ मा कांग्रेसले जितेको )
वडाहरू –
१. कीर्तिपुर नगरपालिका –१, इच्छा कुमार महर्जन । (०७९ मा कांग्रेसले जितेको)
२. हेटौँडा उपमहानगरपालिका – १२, अर्जुनप्रसाद तिवारी । (०७९ मा माओवादीले जितेको)
३. कञ्चनपुरको भीमदत्त नगरपालिका – ६, प्रकाश चन्द । (०७९ मा कांग्रेसले जितेको)
४. तेह्रथुमको लालिगुराँस नगरपालिका – ८, नगेन्द्र लिम्बु । (०७९ मा कांग्रेसले जितेको)
५. सुनसरीको गढी गाउँपालिका – ६, तेतर साहु । (०७९ मा एमालेले जितेको)
६. रोल्पाको रुन्टीगढी गाउँपालिका – ४, भुपमणि पुन मगर । (०७९ मा कांग्रेसले जितेको)
७. बर्दियाको ठाकुरबाबा नगरपालिका – ४, अमिन थारु । (०७९ मा कांग्रेसले जितेको)
८. रौतहटको राजपुर नगरपालिका – ६, समसे आलम । (०७९ मा कांग्रेसले जितेको)
९. गुल्मीको मुसिकोट नगरपालिका– १, आनन्द श्रेष्ठ । (०७९ मा कांग्रेसले जितेको)
१०. रौतहटको इशनाथ नगरपालिका – ७, शेख अब्दुल खलिक । (०७९ मा एमालेले जितेको)
११. डोटीको पूर्वीचौकी गाउँपालिका – ६, मोहन थापा । (०७९ मा कांग्रेसले जितेको)
१२. रुकुम पश्चिमको सानीभेरी गाउँपालिका – ५, मोतीराम खत्री । (०७९ मा कांग्रेसले जितेको)
१३. जाजरकोटको कुशे गाउँपालिका–७, खम्बबहादुर सिंह । (०७९ मा माओवादीले जितेको)
१४. दार्चुलाको दुहुँ गाउँपालिका – ५, धनबहादुर कुँवर । (०७९ मा माओवादीले जितेको)
१५. बझाङको सूर्मा गाउँपालिका – ४, धिरेन्द्र पूजारा । (०७९ मा एमालेले जितेकों)
१६. कीर्तिपुर नगरपालिका – ४, राजेन्द्र बानियाँ । (०७९ मा स्वतन्त्रले जितेको)
माओवादीले जितेका पालिककाहरू:
१. मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष – नमोनारायण माझी । (०७९ मा कांग्रेस विजयी)
२. जाजरकोटको नलगाड नगरपालिका उपमेयर – देवका लामिछाने । (०७९ मा कांग्रेस विजयी)
३. रुकुमको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष–नरपुरा बुढा । (०७९ मा माओवादी विजयी)
४. हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष– देवकी तिमिल्सना । (०७९ मा माओवादी विजयी)
वडाहरू –
१. उदयपुरको त्रियुगा नगरपालिका – १२, नविनकुमार वान्तवा राई । (०७९ मा कांग्रेसले जितेको)
२. उदयपुरको बेलका नगरपालिका– ९ भरत घिमिरे । (०७९ मा कांग्रेस विजयी)
३. नुवाकोटको ककनी गाउँपालिका – २, कृष्ण घिमिरे ९मिलन० । (०७९ मा कांग्रेसले जितेको)
४. धनुषाको धनुषाधाम नगरपालिका – १, सुनिल कापर केवट । (०७९ मा कांग्रेसले जितेको)
५. गोरखा नगरपालिका – ५, विष्णुबहादुर रानामगर । (०७९ मा एमालेले जितेको)
६. डोल्पाको त्रिपुरासुन्दरी – ५, नरबहादुर झाक्री । (०७९ मा एमालेले जितेको)
७. रुकुमको पुथा उत्तरगंगा–२, जगत घर्ती (निर्विरोध) । (०७९ मा माओवादीले जितेको)
एमालेले जितेका पालिकाहरू:
१. दैलेखको महाबु गाउँपालिका अध्यक्ष– जंगबहादुर शाही । (०७९ मा कांग्रेसले जितेको)
२. बाजुराको स्वामीकार्तिक गाउपालिका उपाध्यक्ष– सुलोचना भण्डारी । (०७९ मा कांग्रेसले जितेको)
३. दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष– उमा मगर शेर्पा । (०७९ मा कांग्रेसले जितेको)
एमालेले जितेका वडाहरू –
१. कपिलवस्तुको शुद्धोधन गाउँपालिका – १, मोहमद ताहिर मुसलमान । (०७९ मा कांग्रेसले जितेको)
२. दैलेखको दुल्लु नगरपालिका – १, लालबहादुर शाही । (०७९ मा एमालेले जितेको)
३. ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका – ३, कुमारी सावादेन । (०७९ मा कांग्रेसले जितेको )
४. महोत्तरीको रामगोपालपुर नगरपालिका – २, सकिबुल खाँ । (०७९ मा माओवादीले जितेको)
५. ओखलढुङ्गाको मोलुङ गाउँपालिका – ५, गङ्गाबहादुर तामाङ । (०७९ मा एमालेले जितेको)
रास्वपाका उम्मेदवार विजयी भएको वडाहरू:
१. काठमाण्डौ महानगरपालिका – १६, रोजिना श्रेष्ठ । (०७९ मा कांग्रेसले जितेको)
जसपा नेपालका उम्मेदवार विजयी भएका वडा:
१. सप्तरीको डाक्नेश्वरी नगरपालिका – १, धिरेन्द्रकुमार साह । (०७९ मा कांग्रेसले जितेको)
२. सप्तरीको डाक्नेश्वरी नगरपालिका – ४, देवेन्द्रप्रसाद यादव । (०७९ मा कांग्रेसले जितेको)
एकीकृत समाजवादीका उम्मेदवार विजयी भएको वडाः
१. रौतहटको गढीमाई नगरपालिका – ८, बजरङ्गीप्रसाद यादव । (०७९ मा जसपाले जितेको)
नेमकिपाका उम्मेदवार विजयी भएको वडाः
१. कालीकोटको तिलागुफा गाउँपालिका – ४, खड्कराज शाही । (०७९ मा माओवादीले जितेको)
स्वतन्त्र उम्मेदवार विजयी भएको वडाः
१. झापाको कन्काई नगरपालिका – ६, लक्ष्मीप्रसाद ओली । (०७९ मा एमालेले जितेको)
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १८ मंसिर २०८१, मंगलवार ०८:५०
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
