
काठमाडौं । विद्युत् नियमन आयोगले बक्यौता नतिर्ने उद्योगका लाइन नकाट्न, तर वैकल्पिक उपाय अपनाउन प्राधिकरणलाई निर्देशन दिएपछि नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता नतिर्ने उद्योगीका बैंक खाता रोक्का, सेयर कारोबार गर्न नपाउनेलगायत विकल्पमा गएको छ ।
प्राधिकरणले विकल्प प्रयोग गरेरै नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, कम्पनी राजिस्ट्रार कार्यालयमा बैंक खाता, धितोपत्र निशकासन तथा सेयर खरिदबिक्री रोक्काका लागि पत्राचार गरेको हो ।
३४ उद्योगको बक्यौता उठाउन कानुनले दिएको अधिकार प्रयोग गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । वैकल्पिक उपायहरू अपनाउन सक्ने भन्ने विद्युत् नियमन आयोगको निर्देशनअनुसार लाइन काट्ने विकल्पमा प्राधिकरण अघि बढेको कार्यकारी निर्देशक घिसिङको भनाई छ ।
घिसिङका अनुसार अब बक्यौता भएका उद्योगीहरूको बैंक खाता रोक्का गर्ने, धितोपत्र निष्कासनमा रोक्का गर्ने, सेयर किनबेचमा रोक लगाउने जस्ता विकल्पमा प्राधिकरण अघि बढेको छ । प्राधिकरणले बुधबार नै राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड तथा कम्पनी रजिष्टारको कार्यालयहरूलाई पत्र पठाएको उनको भनाई छ ।
उक्त पत्रमा प्राधिकरण ऐन, २०४१ को दफा ३२ (क) र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, ०७६ को दफा ४०(२) एवं विभिन्न अदालतका फैसलाबमोजिम रकम असुलीको निम्ति सम्बन्धित कम्पनीहरूको खाताको रकम झिक्न नपाउने गरी बैंक खाता रोक्का गरिदिन आग्रह गरिएको छ। यस्तै धितोपत्र बोर्डलाई पनि सरकारी बाँकी सरह असुल गर्नुपर्ने रकमलाई दायित्वमा लेखांकन नगरेका कम्पनीमा सर्वसाधारणलाई सेयर बिक्रीको इजाजतमा रोक लगाइ प्राधिकरणको रकम असुली गर्न र सर्वसाधारणको रकम जोखिम नपार्न अनुरोध गरिएको छ । यस्तै कम्पनी रजिष्टारलाई पठाइएको पत्रमा बक्यौता भएका कम्पनीका सेयर हक हस्तान्तरण गर्न र धितोबन्धकी नदिन अनुरोध गरिएको छ ।
प्राधिकरणले बक्यौता उठाउनका लागि जलविद्युत् र सौर्य आयोजनामा लगानी भएका ती उद्योगीहरूको बक्यौता विद्युत् खरिद सम्झौता(पीपीए) बमोजिम भुक्तानी गरिने रकमबाट असुल गर्ने तयारी गरेको छ । सम्बन्धित उद्योगीहरूलाई पत्र पठाइसकेको बताउँदै उनले तुरुन्तै पीपीएबाट कट्टा सुरु गर्ने बताएका छन् । बक्यौता भएका उद्योगीहरूको घरको लाइन काट्ने तयारीमा पनि प्राधिकरण छ ।
सरकारले दिएको १५ दिनको अल्टिमेटम बुधबार सकिएपछि बसेको प्राधिकरण सञ्चालक समिति बैठकले लाइन नकाट्ने तर बक्यौता भने उठाउने निर्णय गरेको थियोे । कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकले बक्यौता उठाउन १५ दिनको अल्टिमेटम दिएको थियो । मंगलबार विद्युत् नियमन आयोगले प्राधिकरणलाई पत्र पठाउँदै बक्यौता भएका उद्योगीहरूको लाइन नकाट्न र दबाबमूलक तरिकाले बक्यौता उठाउन निर्देशन दिएको थियो । आयोगको उक्त निर्देशनपछि ऊर्जामन्त्री अध्यक्ष रहेको प्राधिकरण सञ्चालक समितिले तत्काल बक्यौता भएका उद्योगको लाइन नकाट्ने निर्णय गरेको थियो ।
यो विवाद कुल ५९ उद्योग हो । तर, कात्तिक ८ गते लाइन काटिएपछि १५ उद्योग भने प्राधिकरणको किस्ता सुविधामा आएका छन् । ३४ उद्योग भने बक्यौता नतिर्ने सूचीमा रहेका छन् । यी उद्योगहरूको बक्यौता थप दस्तुरसहित ६ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।
बक्यौता नतिर्ने ३४ उद्योगको सूचीः


रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १३ मंसिर २०८१, बिहीबार ०९:२४
अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई प्रोस्टेट क्यान्स

एकैदिन एक सय ३५ जना आरोही सगरमाथा शिखरमा

NEPSE declined slightly on Sunday

PM Oli congratulates medal winners of South Asian Youth Table Tennis Championship

रसुवाबाट साढे सात किलो सुन बरामद, एक जना पक्राउ

“के गर्ने त ?” बाध्यतामा रोजगारीतर्फ आकर्षित काठमाडौंमा युवा
