काठमाडौं । करिब एक वर्षपछि पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले नयाँ नेतृत्व पाएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सन्तोषनारायण श्रेष्ठलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेसंगै बोर्डले नयाँ नेतृत्व पाएको हो ।
अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले अन्तर्वार्ताबाट छनोट भएका पाँच उम्मेदवारमध्ये सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम सिफारिस गरेको थियो । अध्यक्ष सिफारिसका लागि राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो ।
बोर्डको अध्यक्षमा नियुक्त श्रेष्ठ व्यवसायी हुन् । स्याङ्जाका स्थायी बासिन्दा श्रेष्ठ बुटवलमा बस्दै आएका छन् । काठमाडौँ विश्वविद्यालयबाट एमबिए उत्तीर्ण श्रेष्ठले स्वाभिमान लघुवित्त र नेपाल एक्सप्रेस फाइनान्सको अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा बसेर काम गरिसकेका छन् ।
तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि २०८० पुस २१ गतेदेखि बोर्ड नेतृत्वविहीन थियो । बोर्ड नेतृत्वविहीन बन्दा प्राथमिक सेयर निष्कासन (आइपिओ), थप निष्कासन प्रक्रिया (एफपिओ), ऋणपत्र, हकप्रदलगायत धितोपत्रको अनुमति प्रक्रिया ठप्प छ ।
बोर्डका अनुसार शुक्रबारसम्म ७७ वटा कम्पनीले आइपिओ निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् । यी कम्पनीले ४४ अर्ब ७५ करोड ४६ लाख रुपियाँ बराबरको ३१ करोड ७८ लाख ९३ हजार ३५६ कित्ता सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् । यस्तै ऋणपत्र, हकप्रद, एफपिओलगायत धितोपत्र जारी गर्न परेको आवेदन दिने कम्पनीहरूको सङ्ख्या पनि ११ महिने अवधिमा चुलिएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-11-26
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
