काठमाडौं । काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेपछि वातावरण विभागले ठोस तथा प्लास्टिकजन्य फोहोर नजलाउन आग्रह गरेको छ । विगत केही हप्तादेखि नेपालको तराई क्षेत्रलगायत काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको भन्दै विभागले सूचना जारी गरी ठोस तथा प्लास्टिकजन्य फोहोर नजलाउन भनेको हो ।
वातावरण विभागका अनुसार आज बिहान ७ बजे काठमाडौंको रत्नपार्क क्षेत्रको वायु गुणस्तर सूचकांक १५१ पुगेको छ । यो अस्वस्थकर अवस्था हो । यसैगरी चितवनको भरतपुरका १४१, भक्तपुरको १२१, धनकुटामा ९१, नेपालगञ्जमा ६८ र काठमाडौंको शंखपार्कमा ५२ एक्यूआई छ ।
वायु गुणस्तर सूचकांक शून्यदेखि ५० हुँदा राम्रो, ५१ देखि एक सयसम्म मध्यम, एक सय एकदेखि १५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ । १५१ देखि २०० सम्म अस्वस्थ, २०१ देखि ३०० सम्म निकै अस्वस्थ तथा ३०१ भन्दा माथि भएमा खतरनाक तह पुगेको संकेत गरिन्छ ।
वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्छ । विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलालाई बढी प्रभाव पार्ने भएकाले विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।
विभागले ठोस तथा प्लास्टिकजन्य फोहर तथा कृषिजन्य अवशेष नजलाउन, सवारीसाधनको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्छामा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माण स्थलहरुबाट उड्ने धूवाँ धुलोको यथोचित नियन्त्रण गर्न आग्रह गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-11-25
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
