
काठमाण्डौ (एजेन्सी) । जलवायु परिवर्तनसँग जुध्न विकसित देशहरुले विकासोन्मुख देशहरुलाई वर्षेनि तीन सय विलियन अमेरिकी डलर (नेपाली रुपैयाँ चार सय पाँच खर्बभन्दा बढी) सहयोग गर्ने सहमति गरेका छन् । अजरबैजानको बाकु शहरमा भएको विश्व जलवायु सम्मेलन कोप–२९ मा धनी देहरुले सन् २०२५ देखि २०३५ सम्म वर्षेनि तीन सय बिलियन डलरका दरले रकम दिने सहमति गरेका हुन् ।
यसअघि हिजो दुई सय ५० बिलियन डलर मात्रै दिने मस्यौदा सार्वजनिक भएपछि सम्मेलन स्थलमै गरिब देशहरुले प्रदर्शन गरेका थिए । गरिब देशहरुको दबाबपछि ३३ घण्टासम्म चलेको वार्तामा धनी देशहरुले तीन सय डलरमा सहमती गरेका हुन् । यो कोषमा धनी देशका सरकारले प्रत्यक्ष भुक्तानी नगरी सार्वजनिक र निजी स्रोतहरु समावेश छन् ।
यो कोष सही रूपमा परिचालन भएमा नेपाल जस्ता विकाशिल देशहरु लाभान्वित हुने छन् । यसअघि धनी देशहरुले हरेक वर्ष एक अर्ब डलर जलवायु कोषमा उपलब्ध गराउने सहमती गरेकामा त्यसको उचित परिचालन नभएको भन्दै आलोचना भइरहेको छ ।
यस्तै बाकु सम्मेलनमा कार्बन क्रेडिट खरिद–बिक्री गर्ने विश्वव्यापी बजारका नियमहरूमा पनि सहमति भएको छ । यसबाट विश्वव्यापी तापमान वृद्धिलाई कम गर्न मद्दत गर्ने नयाँ परियोजनाहरूमा थप लगानी जुटाउन सक्ने अपेक्षा छ ।
यस्तै कोप २९ को प्रतिवेदनमा नेपालले महत्वको साथ उठाएको पर्वतीय मुद्दा कोपको प्रतिवेदनमा परेको वन तथा वातावरण मन्त्रालय जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख सिन्धुप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।
यसैबीच गएको वर्षको कोपमा सहमति भएको जीवाष्म इन्धनको प्रयोगलाई कम गर्ने सहमतीमा सम्झौता गर्न भने कोपा २९ असफल भएको छ । यो विषय आउँदो वर्षको कोप सम्मका लागि स्थगित गरिएको बताइएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ९ मंसिर २०८१, आईतवार ०८:५०
कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण

इरानलाई हमासको अवस्थामा पुर्याउने इजरायलको चेतावनी

राजावादीद्वारा अनिश्चितकालीन जनआन्दोलनको घोषणा

जिल्ला अस्पताल धनकुटामा डायलाइसिस सेवा सुरु

नेप्सेमा उच्च अंककाे वृद्धि, कारोबार रकम साढे १० अर्बमाथि

७२ औं मिस वर्ल्डमा सहभागी हुन मिस नेपाल सृच्छा प्रधान भारततर्फ प्रस्थान
