काठटमाडौं । रोटरी क्लब अफ बागमती काठमाडौंले करीब ६५ लाख बराबरको स्वास्थ्य उपकरण तिलगंगा आखा प्रतिस्ठानलाई हस्तान्तरण गरेको छ । रोटरी क्लब अफ बागमती काठमाडौंले समय भन्दा पहिला जन्मेका बालबालिकाहरुमा हून सक्ने अन्धोपनमा उपचारको लागि आवश्यक करीब ६५ लाख बराबरको स्वास्थ्य उपकरण तिलगंगा आखा प्रतिस्ठानलाई हस्तान्तरण गरेको हो ।
तिलगंगा आखा प्रतिस्ठानको सभाहलमा गत मंगलबारका दिन आयोजना गरिएको एक समारोहमा रोटरी डिस्ट्रीक ३२९२ का डिस्ट्रीक गर्भनर रोटरीयण राजेन्द्र मान शेरचनले उक्त स्वास्थ्य उपकरणहरु प्रतिस्ठानका कार्यकारी निर्देशक डा. सन्दूक रुइतलाई हस्तान्तरण गरेका थिए ।
क्लबका परियोजना संयोजक तथा पुर्व अध्यक्ष रोटरीयण मन्जू धमला थापाले उक्त सहयोग रोटरी क्लब अफ बागमती काठमाडौंले संचालन गरेको ग्लोबल ग्राण्ड परियोजना अन्र्तगत भएको र यसको अन्तरात्रिय साझेदारी क्लबको रुपमा रोटरी क्लब अफ लस भेगास रहेको जानकारी दिनुको साथै यसको लागि नेपाल तथा भारतका विभिन्न रोटरी क्लबहरुले समेत सहयोग गरिएको जानकारी पनि दिएकी थिइन् ।
क्लबका सदस्य तथा प्रतिस्थानका चिकित्सक डा. इली प्रधान रंजितकारले संचालन गरको उक्त हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै रोटरी डिस्ट्रीक ३२९२ का डिस्ट्रीक गर्भनर रोटरीयण राजेन्द्र मान शेरचनले उपकरणको सहयोग अति आवश्यक र उपयूक्त स्थानमा भएकोले रोटरीलाई साहै नै आनन्दको अनूभव भएको जानकारी दिएका थिए ।
प्रतिस्ठानका कार्यकारी निर्देशक डा. सन्दूक रुइतले सहयोग प्राप्त उपकरणले सम्बन्धीत रोगको उपचार तथा विस्तरमा थप सहयोग पूग्ने जानकारी दिनुका सथै सहयोगको लागि सबैलाई धन्यबाद दिएका थिए ।
क्लबका अध्यक्ष रोटरीयण माणिक रत्न शाक्यले धन्यवाद दिएको उक्त हस्तान्तरण समारोहमा क्लबका अध्यक्ष रोटरीयण शाक्यले क्लबको नियमित कार्यक्रम Rotary Retina Support Program 2019 अन्र्तगतको रु. 150,000.00 को चेक थान एक पनि उक्त प्रतिस्ठानका प्रमूख कार्यकारी अधिकृत डा. रिता गूरुङ्गलाई हस्तान्तरण गरेका थिए । साथै उनले उक्त Rotary Retina Support Program 2019 को बारेमा पनि जानकारी दिएका थिए ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ७ मंसिर २०८१, शुक्रबार ०९:४८
पोखरामा एकै स्थानमा विभिन्न फरक ब्रान्डका सवारी साधनको एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल हुने
सञ्चालनमा आयो पाँचतारे मर्क्युर होटल
पुलिसले जित्यो जय ट्रफीको उपाधि
अमेरिकी डलरको भाउमा नयाँ कीर्तिमान, आजको विनिमय दर यस्तो छ
हप्तामा दुई दिन खुला भेटघाट गर्न, नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई कांग्रेसको निर्देशन
पेट्रोलियम पदार्थको मूल्य बढ्यो