वासिङटन (एजेन्सी) । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न सेनाको प्रयोग गर्ने घोषणा गरेका छन् । उनले सीमा सुरक्षामा राष्ट्रिय आपतकाल घोषणा गरि सेना प्रयोग गरेर भए पनि आप्रवासीलाई देश निकाला गर्ने योजना बनाएको बताएका हुन् ।
वर्तमान राष्ट्रपति जो बाइडेनको कार्यकालमा गैरकानुनी रूपमा आप्रवासीको सङ्ख्या बढेपछि त्यस्ता लाखौँ आप्रवासीलाई देश निकाला गर्ने र मेक्सिकोसँगको सीमालाई व्यवस्थित बनाउने ट्रम्पको योजना रहेको समाचार संस्था एएफपीले जनाएको छ ।
यही नोभेम्बर ५ मा डेमोक्रेटिक उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्प अमेरिकी राष्ट्रपति पदमा पुनः निर्वाचित भएका थिए । अमेरिकामा झण्डै एक करोड १० लाख मानिस गैरकानुनी रूपमा बसिरहेको र ट्रम्पको योजनाले दुई करोड परिवारमा प्रत्यक्ष असर पर्ने अनुमान छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-11-19
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
