
वासिङटन (एजेन्सी) । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न सेनाको प्रयोग गर्ने घोषणा गरेका छन् । उनले सीमा सुरक्षामा राष्ट्रिय आपतकाल घोषणा गरि सेना प्रयोग गरेर भए पनि आप्रवासीलाई देश निकाला गर्ने योजना बनाएको बताएका हुन् ।
वर्तमान राष्ट्रपति जो बाइडेनको कार्यकालमा गैरकानुनी रूपमा आप्रवासीको सङ्ख्या बढेपछि त्यस्ता लाखौँ आप्रवासीलाई देश निकाला गर्ने र मेक्सिकोसँगको सीमालाई व्यवस्थित बनाउने ट्रम्पको योजना रहेको समाचार संस्था एएफपीले जनाएको छ ।
यही नोभेम्बर ५ मा डेमोक्रेटिक उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्प अमेरिकी राष्ट्रपति पदमा पुनः निर्वाचित भएका थिए । अमेरिकामा झण्डै एक करोड १० लाख मानिस गैरकानुनी रूपमा बसिरहेको र ट्रम्पको योजनाले दुई करोड परिवारमा प्रत्यक्ष असर पर्ने अनुमान छ ।
Sudina Shrestha
प्रकाशित: ४ मंसिर २०८१, मंगलवार १०:२१
अक्षय कुमार र सैफ अली खान प्रियदर्शनको फिल्ममा

बेनी-जोमसोम-कोरोला सडकखण्ड पुर्णरुपमा अवरुद्ध
फिल्म ‘गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक

फ्रान्सेली राष्ट्रपति म्याक्रोनकी श्रीमती पुरुष भएको युट्युबरको दाबि !

२०८२ असार ३२ गते बुधबारस् आजको राशिफल

भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ
