काठमाडौं । दरबारमार्गस्थित होटल अन्नपूर्ण रहेको स्थानमा २५ तले नयाँ भवन निर्माण प्रारम्भ भएको छ । यसअघि होटल अन्नपूर्ण रहेको स्थानमा भाटभटेनी समूह, लिटिल एन्जल्स र अन्नपूर्ण समूहले संयुक्त रूपमा नयाँ होटल निर्माण थालेको हो ।
सोमबार एक विशेष समारोहबीच भूमि पुजा गर्दै कम्पनीका अध्यक्ष मीनबहादुर गुरुङले सुन्दर नेपालको सुन्दरताको प्रतीकका रूपमा निर्माण थालिएको बताए । उनी भाटभटेनी सुपरमार्केटका अध्यक्ष पनि हुन् ।
गुरुङका अनुसार उक्त भवनको डिजाइन भारतको आर्किटेक्चर कम्पनीले गरेको छ । दुई चरणमा काम सम्पन्न गर्ने र २०८५ वैशाख १ गतेदेखि होटल सञ्चालनमा ल्याउने लक्ष्य रहेको गुरुङले बताएका छन् ।
अन्नपूर्ण स्क्वायर २५ तलाको हुनेछ । जहाँ होटल ९ लाख स्क्वायर फिट क्षेत्रफलमा रहनेछ भने ४० कोठा अपार्टमेन्ट हुनेछ । भाटभटेनीको एउटा स्टोर पनि त्यहाँ रहनेछ । कम्तिमा पनि ६ अर्ब रूपैयाँको लगानीमा निर्माण थालिएको होटलसँगै क्यासिनो पनि सञ्चालनमा आउनेछ ।
साढे तीन सय कोठा रहने उक्त होटल नेपालकै गौरव गर्न सक्ने संरचनाको रूपमा निर्माण गर्न लागिएको भए पनि मूल्य भने ‘रिजनेवल’ हुने उनले बताए । गुरूङलाई बढी कर तिर्नेको सूचीमा राख्दै सरकारले शनिबार विशेष सम्मान पनि गरेको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-11-18
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
