काठमाडौँ (एजेन्सी) । टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोआनले इजरायलसँगको सबै सम्बन्ध अन्त्य गरेको घोषणा गरेका छन् । उनले साउदी अरब र अजरबैजानको भ्रमण पछि बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै इजरायलसँगको सबै प्रकारको सम्बन्ध अन्त्य गरेको बताएका हुन् ।
उनले गाजामा गरिएको नरसंहारका लागि इजरायली प्रधानमन्त्रीलाई जिम्मेवार ठहर्याए । साथै उनले अन्तर्राष्ट्रिय न्यायालयमा इजरायलविरुद्ध जारी मुद्दामा हस्तक्षेप गर्दै हतियार प्रतिबन्धको वकालत टर्कीले गरिरहेको पनि जानकारी दिए ।
यसअघि टर्कीएले गत मे महिनामा इजरायलमाथि व्यापारिक प्रतिबन्ध लगाएको थियो । गाजामा इजरायलको आक्रमण पछि दुबै देशबीचको सम्बन्धमा तनाव उत्पन्न भएको हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-11-14
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
