
बनेपा । काभ्रेपलाञ्चोक जिल्लाका सक्रिय पत्रकारत्रय प्रह्लाद शर्मा हुमागाईं, कपिल कोइराला र केशवराज पौडेललाई कदरपत्र प्रदान गरिने भएको छ । शब्दयात्रा प्रकाशनले आगामी मङ्सिर महिनामा ‘शब्दयात्रा प्रकाशन हरिगोपाल प्रधान कदरपत्र, २०८१’ समर्पण गर्ने भएको हो ।
यो कदरपत्र शब्दयात्रा प्रकाशनले २०७० सालदेखि हरेक वर्ष समर्पण गर्ने गरेको छ र कदरपत्रका लागि कोष व्यवस्थापन अग्रज पत्रकार हरिगोपाल प्रधानबाट हुने गरेको छ । शब्दयात्रा प्रकाशनले २०८१ सालमा समर्पण गरिने उक्त कदरपत्रका लागि उपयुक्त पत्रकारको चयन गर्न आजीवन सदस्यत्रय प्रदीप केसी, कालिका त्रिपाठी पन्त र सहदीप पलाञ्चोकेलाई जिम्मा लगाएको थियो ।
उनीहरूको निर्णयका आधारमा शब्दयात्रा प्रकाशनले छापा पत्रकारितातर्फ प्रह्लाद शर्मा हुमागाईंलाई, विद्युतीय पत्रकारितातार्फ कपिल कोइरालालाई र फोटो पत्रकारितातर्फ केशवराज पौडेललाई कदर गर्ने भएको हो । कदरपत्र ग्रहण गर्न स्वीकृति दिनुभएकोमा तीनैजना पत्रकारप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।
Sudina Shrestha
प्रकाशित: २८ कार्तिक २०८१, बुधबार ०९:१७
अक्षय कुमार र सैफ अली खान प्रियदर्शनको फिल्ममा

बेनी-जोमसोम-कोरोला सडकखण्ड पुर्णरुपमा अवरुद्ध
फिल्म ‘गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक

फ्रान्सेली राष्ट्रपति म्याक्रोनकी श्रीमती पुरुष भएको युट्युबरको दाबि !

२०८२ असार ३२ गते बुधबारस् आजको राशिफल

भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ
