बनेपा । काभ्रेपलाञ्चोक जिल्लाका सक्रिय पत्रकारत्रय प्रह्लाद शर्मा हुमागाईं, कपिल कोइराला र केशवराज पौडेललाई कदरपत्र प्रदान गरिने भएको छ । शब्दयात्रा प्रकाशनले आगामी मङ्सिर महिनामा ‘शब्दयात्रा प्रकाशन हरिगोपाल प्रधान कदरपत्र, २०८१’ समर्पण गर्ने भएको हो ।
यो कदरपत्र शब्दयात्रा प्रकाशनले २०७० सालदेखि हरेक वर्ष समर्पण गर्ने गरेको छ र कदरपत्रका लागि कोष व्यवस्थापन अग्रज पत्रकार हरिगोपाल प्रधानबाट हुने गरेको छ । शब्दयात्रा प्रकाशनले २०८१ सालमा समर्पण गरिने उक्त कदरपत्रका लागि उपयुक्त पत्रकारको चयन गर्न आजीवन सदस्यत्रय प्रदीप केसी, कालिका त्रिपाठी पन्त र सहदीप पलाञ्चोकेलाई जिम्मा लगाएको थियो ।
उनीहरूको निर्णयका आधारमा शब्दयात्रा प्रकाशनले छापा पत्रकारितातर्फ प्रह्लाद शर्मा हुमागाईंलाई, विद्युतीय पत्रकारितातार्फ कपिल कोइरालालाई र फोटो पत्रकारितातर्फ केशवराज पौडेललाई कदर गर्ने भएको हो । कदरपत्र ग्रहण गर्न स्वीकृति दिनुभएकोमा तीनैजना पत्रकारप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-11-13
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
