
– फोटो दिवाकार सेन
काठमाडौं । गौरवमय इतिहास बोकेको राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) ले २७ पुरा भएर २८ औं वर्षमा प्रवेश गरेको छ । फोटो पत्रकारहरुको २०५३ मा स्थापना भएको यस संस्था देशकै पहिलो र ठूलो फोटो पत्रकारहरुको छाता संगठन हो । फोटो पत्रकारहरूको व्यावसायिक हकहित, पेशागत सुरक्षा, क्षमता विकास र फोटो पत्रकारिताको विकासका लागि संस्था सक्रिय रहदै काम गर्दै आइरहेको छ ।

२७ औं साधारण सभा तथा १३ औं अधिवेशनवाट प्रदीपराज वन्तको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्वको कार्यसमिति निर्विरोध चयन भएको छ । नयाँ नेतृत्वको लागि सर्वसम्मत अध्यक्षमा पुन प्रदीपराज वन्त, वरिष्ठ उपाध्यक्षमा लेख वहादुर श्रेष्ठ (सागर), महिला उपाध्यक्षमा चन्द्रकला क्षेत्री (भगवती), प्रथम उपाध्यक्षमा सुनील शर्मा, उपाध्यक्षमा नारायण सिलवाल, महासचिवमा घनश्याम श्रेष्ठ सचिवमा प्रविन कुलुङ राई र कोषाध्यक्षमा प्रदीप श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै केन्द्रीय सदस्यहरूमा सुशील कुमार श्रेष्ठ, मुकुन्द कालिकोटे, रमिता छुँजु, हरिश सिंह नगाल, दिपेन्द्र महर्जन, अनुप प्रधान र सागर बस्नेत चयन भएको निर्वाचन अधिकृत डा. सविन पोख्रेलका सहयोगी हरि गोपाल प्रधान र राजभाई सुवालले जानकारी दिएका छन् ।

सो कार्यक्रममा खानेपानी मन्त्री प्रदीप यादवको प्रमुख आतिथ्यतामा राष्ट्रिय फोटो पत्रकार समूह नेपालको २७ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशन अग्रज फोटो पत्रकारको उपस्थितिमा एक विशेष कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ । उक्त कार्यक्रममा विशेष अतिथिहरु प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, पूर्वअध्यक्षहरु कविन्द्रमान शाक्य, राजभाइ सुवाल त्यसैगरी संन्चारिका समूहका अध्यक्ष विमला तुम्खेवा, नेपाल फोटोग्राफर महासंघका महासचिव दिगम्बर राजबंशी, काठमाडौँ फोटोग्राफर संघका अध्यक्ष हरि घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा वरिष्ट फोटो पत्रकार हरि गोपाल प्रधानबाट स्थापना गरिएको ‘फोटो पत्रकारिता सम्मान’बाट संस्कृति सम्पदा फोटो पत्रकारिता विधामा फोटो पत्रकार गणेश बिष्ट (मकवानपुर), साहसिक फोटो पत्रकारिता विधामा सुजन बज्राचार्य (शंखुवासभा), पर्या–पर्यटन फोटो पत्रकारिता विधामा प्रविन श्रेष्ठ (काठमाडौं), मनोरञ्जन फोटो पत्रकारिता विधामा् लेख बहादुर श्रेष्ठ(सागर), (सिन्धुपालचोक), खेलकुद फोटो पत्रकारिता विधामा सरोज नेपाल (काठमाडौं) लाई प्रदान गरिएको थियो ।

यसैगरी पूवै सस्शत्र प्रहरी नायव माहानिरिक्षकको नाममा स्थापना गरिएको माधव थापा जोखीमपूर्ण फोटो पत्रकारीता पुरस्कार २०८१ बाट नेपालभर बालबालिकाको क्षेत्रमा कार्य गर्ने–सिविन नेपालमा कार्यरत महिला फोटो पत्रकार रमिता छुँजुलाई प्रदान गरीएको थियो । त्यस्तै संस्थागत एनएफपिजे प्रेसिडेण्ट अवार्ड २०८१ बाट कार्यवहाक महासचिव घनश्याम श्रेष्ठलाई प्रदान गरीएको छ भने उत्कृष्ट जिल्ला शाखा पुरस्कार रामेछाप जिल्ला शाखालाई प्रदान गरीएको छ । उक्त कार्यक्रम फोटो पत्रकार देविका विष्टले सञ्चालन गरेकी थिइन् ।





































रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २६ कार्तिक २०८१, सोमबार ०९:५३
झोछेंबाट देखिने हनुमानढोका दरबारको सौन्दर्यले पर्यटकलाई मोहित

केबलकार निर्माणविरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका रिहा

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

कमलपोखरी ग्याँस विस्फोटका घाइते सबैलाई कीर्तिपुर लगियो

सुरक्षाकर्मीले चलाएको गोली लागेर हात्तीको मृत्यु

रविविरुद्ध थुकछेक बहस सुरु, आजै आदेश आउने
