काठमाण्डौ । आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ पर्व सकिएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यो पर्वको चौथो दिन आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ पर्व सकिएको हो ।

उदाउँदो सूर्यलाई अर्घ्य दिन तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सासहित मिथिला क्षेत्र, काठमाण्डौ उपत्यका तथा अरु विभिन्न ठाउँका जलाशयमा श्रद्धालुको भीड लागेको थियो ।

पारिवारिक सुख, शान्ति, समृद्धिको उद्देश्यले श्रद्धापूर्वक मनाइने छठको अवसरमा पोखरी, नदी, तलाउ, जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छ । बर्तालुले हिजो बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए ।

अस्ताउँदो सूर्यको पूजा गरेका बर्तालहरु नदी तथा तलाउ किनारमा बनाइएका छठस्थलमै नाचगानसहित जाग्राम बसेर उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । ब्रत नबसेकाहरुले पनि उदाउँदो सूर्यको पूजा गरेका छन् । सूर्य र जलको शक्ति तथा महत्त्व झल्काउने यो पर्वमा सफा र चोखो हुनुपर्ने तथा शुद्ध खाने कुरा खानुपर्ने मान्यता छ ।


























रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-11-08
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
