
काठमाडौं (एजेन्सी) । अमेरिकाको ४७औं राष्ट्रपतिमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी भएका छन् । अहिलेकी उपराष्ट्रपति तथा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई हराएर ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
जीतका लागि दुई सय ७० इलेक्टोरल मत चाहिनेमा रिपब्लिकन उम्मेदवार ट्रम्पले दुई सय ७९ इलेक्टोरल मत ल्याउनुभएको छ । यद्यपि ट्रम्प विजयी भएको औपचारिक घोषणा हुन बाँकी छ । कमला ह्यारिसले दुई सय २३ मत ल्याउएको छ । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन कुल पाँच सय ३८ मतमध्ये कम्तीमा दुई सय ७० इलेक्टोरल मत ल्याउनुपर्छ ।
यसअघि डोनाल्ड ट्रम्प सन् २०१६ मा पनि अमेरिकी राष्ट्रपति पदमा विजयी भएका थिए । त्यसबेला उनले हिलारी क्लिन्टनलाई हराउँदै पहिलो पटक अमेरिकाको राष्ट्रपति बनेका थिए । ट्रम्प सन् २०२० मा भने जो बाइडेनसँग पराजित भएका थिए ।
राष्ट्रपतिमा विजयी भएसँगै डोनाल्ड ट्रम्पलाई विश्वभरबाट बधाईको ओइरो लागेको छ । विजय निश्चित भएपछि फ्लोरिडामा समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले अमेरिकाले अभूतपूर्व र बलियो जनादेश दिएको बताउनुभएको छ । यो चुनावमा रिपब्लिकन दलले राष्ट्रपतिसँगै माथिल्लो सदनमा बहुमत पुर्याइसकेको छ । तल्लो सदनमा पनि रिपव्लिकनकै बहुमत आउने सम्भावना बलियो छ ।
Sudina Shrestha
प्रकाशित: २१ कार्तिक २०८१, बुधबार १८:१५
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

भुटानमाथि नेपालको २९८ रनको जित, अपराजित हुदै सेमिफाइनलमा

प्रधानमन्त्री ओलीद्वारा अल्पविकसित मुलुकहरुको उच्चस्तरीय बैठकको अध्यक्षता

डा. मुकुल ढकालको रिट ‘हेर्न नभ्याइने’ मा
