काठमाण्डौ । छठ पर्वमा धाप ड्यामको पानी बाग्मती नदीमा छाड्ने भएको छ । छठ पर्वमा बाग्मती नदीमा पानीको सतह बढाउन र बर्तालुलाई स्नानका लागि सहज होस् भन्ने उद्देश्यले ड्यामको पानी नदीमा छाड्ने तयारी गरेको हो ।
एकीकृत बाग्मती सभ्यता विकास समितिअन्तर्गत बाग्मती सुधार आयोजनाका उप–निर्देशक तथा सूचना अधिकृत उद्धव नेपालले आज बेलुकादेखि पानी नदीमा छाड्ने तयारी भइरहेको जानकारी दिए । समितिले छठ पर्वको दुई दिनसम्म वाग्मती नदीमा प्रतिसेकेन्ड चार सय लिटर पानी छाड्ने तयारी गरिरहेको जनाएको छ ।
तिहार सकिएलगत्तै काठमाण्डौ उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका ठाउँमा छठका लागि तयारी शुरू भएको छ । चार दिनसम्म मनाइने छठ पर्व अन्तर्गतको छठ पूजाका लागि काठमाण्डौका गौरीघाटलगायतका नदी किनारहरु सिङ्गारिएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-11-06
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
