
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित तीन जना विदेशी नागरिक पक्राउ परेका छन् । एयर अरेबियाको विमानमार्फत शारजाहबाट आएका एक चिनियाँ र म्यानमारका दुई जना नागरिक सुनसहित पक्राउ परेका हुन् ।
सशस्त्र प्रहरीका अनुसार उनीहरुलाई भन्सार ब्यागेज क्षेत्रमा पुनः जाँच गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पिकरमा लुकाइराखेको अवस्थामा सुनसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सार कार्यालयमा राखिएको पनि सशस्त्र प्रहरीले जनाएको छ ।
Sudina Shrestha
प्रकाशित: २१ कार्तिक २०८१, बुधबार ०९:३८
अक्षय कुमार र सैफ अली खान प्रियदर्शनको फिल्ममा

बेनी-जोमसोम-कोरोला सडकखण्ड पुर्णरुपमा अवरुद्ध
फिल्म ‘गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक

फ्रान्सेली राष्ट्रपति म्याक्रोनकी श्रीमती पुरुष भएको युट्युबरको दाबि !

२०८२ असार ३२ गते बुधबारस् आजको राशिफल

भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ
