
काठामाडौं । खोटाङकी एञ्जल राई अध्ययनले फेसन डिजाइनर हुन् । उनी फेसन डिजाइनिङसँगै मोडलिङ र अभिनयमा रुची राख्छिन् । हालैमात्र ‘मिस मंगोल नेपाल–२०२४’को उपाधि जितेकी एञ्जल भन्छिन्, ‘मलाई मोडलिङ र अभिनयमा रुची छ । खाशगरी नाटकमा अभिनय गर्ने मेरो इच्छा छ ।’
‘मिस मंगोल–२०२४’की विजेता आफ्नो इच्चा र रुची पूरा गर्न जस्तोसुकै संघर्ष र संकल्प पूरा गर्न ढृड छिन् । त्यही लगनशीलता र ढृडताकै कारण उनी ‘मिस मंगोल नेपाल–२०२४’को ताज पहिरन सफल भइन् । एञ्जल भन्छिन्, ‘सौन्दर्य प्रतियोगितामा भाग लिएर उपाधि जित्ने मेरो सानैदेखिको इच्छा र सपना थियो, त्यो एउटा इच्छा पूरा भएको छ ।’

एञ्जल मिस मंगोल हुनुअघि ‘मिस राई’ र ‘मिस पुर्वाञ्चल’मा भाग लिएकी थिइन् । ‘मिस राई–२०१८’को विजेता एञ्जल ‘मिस पुर्वाञ्चल–२०१९’की फस्ट रनरअप हुन् । अब उनलाई ‘मिस नेपाल’मा सहभागी हुने इच्छा छ । खोटाङमा ऐंसेलुखर्क–७ माक्पाकी २३ बर्षीया ५ फिट पाँच इन्च उचाइकी एञ्जल भन्छिन्, ‘एकपटक मिस नेपालमा सहभागी हुने इच्छा छ । आफ्नो क्षमताले भ्याएसम्म प्रयास गर्नेछु ।’
‘मिस मंगोल नेपाल’को ताज जितेपछि उनी ‘नेपाल आदिवासी जनजाती महासंघ र नेपाल क्यान्सर निवारण प्रतिष्ठान लगायतका सामाजिक संस्थाको सद्भावना दूत बनेकी छन् । फेसन, मोडलिङ र अभिनयमा रुची राख्ने एञ्जलको लक्ष्य आदिवासी जनजातीका कला र भेषभूषाको प्रवद्र्धन गर्ने रहेको छ ।

एञ्जल भन्छिन्, ‘कुनै पनि आफ्नो इच्छा र सपना पूरा गर्न आत्मविश्वास हुन जरुरी छ । उनी भन्छिन्, ‘रुची र इच्छा भएकाले ‘मिस मंगोल’ पहिल्यैबाट हेर्थेँ । अहिले कलेज सकेपछि भाग लिएकी हुँ । उपाधि जित्न पनि सफल भएँ ।’
सन् २०१८ मा ‘मिस राई’ उपाधि जितेकी एञ्जलले २०१९ मा ‘मिस पूर्वाञ्चल’मा भाग लिएका थिए । ‘मिस पूर्वाञ्चल’मा फस्ट रनर भएकी उनी भन्छिन्, ‘मिस राई भइसकेपछि मोडलिङ पनि गर्न थालेँ, त्यसैले मलाई मोडलिङमा अनुभव भयो । त्यही अनुभवले मिस मंगोल भएँ ।’

‘मिस मंगोल नेपाल’ विजेता भएपछि रेस्पोन्सीवल फिल भइरहेको उनको भनाइ छ । ‘कम्युनिटीलाई नै प्रतिनिधित्व गर्न पाउँदा रेस्पोन्सीवल फिल भइरहेको छ’ उनले भनिन्, ‘आदिवासी जनजाती भएको म गर्व गर्छु । मेरो पढाइ पनि फेसन डिजाइनिङ नै हो । त्यसैले भेषभूषामार्फत आदिवासी जनजाती समुदायलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन चाहन्छु ।’
एञ्जल भन्छिन्, ‘म बुझ्ने भएदेखि नै फेसनप्रति उत्सुक थिएँ । त्यसैले पढाइ पनि फेसन डिजाइनिङ नै रोजेँ ।’ फेसन डिजाइनर भएकै कारण उनी आफ्नो लागि आफै पहिरन तयार गर्छिन् । उनी भन्छिन्, ‘म आफ्नो लागि आफैं पहिरन तयार गर्छु ।’ एञ्जलका अनुसार फेसन भन्दैमा डिजाइनिङ वेयर नै हुनुपर्छ भन्ने छैन । उनी भन्छिन्, ‘आफूले लगाउँदा जुन पहिरनमा पर्सनालिटी झल्किन्छ र कम्फाटेवल हुन्छ, त्यही नै फेसन हो ।’
Sudina Shrestha
प्रकाशित: १९ कार्तिक २०८१, सोमबार १६:५६
प्रधानमन्त्री ओलीले गरे रियल म्याड्रिडको स्टेडियमको अवलोकन भ्रमण (फोटो फिचर)

नेप्से २७ सय पार, ९ अर्ब ६४ करोडको कारोबार

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
गायिका एलीनालाई अभद्र टिप्पणी गरेका कवि गुञ्जन राई पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ
लिभरपुलबाट खेल्ने पोर्चुगिच स्टार फुटबलर जोटाको कार दुर्घटनामा मृत्यु
