काठमाडौं । रोटरी क्लब अफ बागमती काठमाडौंको २२ औं चार्टड डे (स्थापना दिवस) सम्पन्न भएको छ । नागपोखरी स्थीत अरण्य बुटिक होटलमा एक समारोहका वीच मिती २०८१/७/६ मा सम्पन्न भएको हो ।
क्लबका अध्यक्ष रोटरीयण माणिक रत्न शाक्यको स्वागत मन्तव्यबाट शूरु भएको उक्त समारोहमा रोटरी जिल्ला ३२९२ का जिल्ला गर्भनर रोटरीयण राजेन्द्र मान शेरचनले जिल्लाले गर्ने दैवीप्रकोप र पोलियो निवारणको कार्यक्रमको जानकारी दिनुका साथै कार्यक्रम सफलताको कामना गरेका थिए ।
समारोहमा क्लबका चार्टड प्रिसिडेन्ट रोटरीयण दिवाकर राज कर्णिकारले क्लबको स्थापनाको बारेमा जानकारी गराएका थिए । समारोहमा जिल्ला गर्भनर रोटरीयण राजेन्द्र मान शेरचनले क्लबका स्थापनाकालिन सदस्यहरु तथा पुर्व अध्यक्षहरुलाई स्काफ लगाई सम्मान गरेका थिए ।
उक्त समारोहमा क्लबका अध्यक्ष रोटरीयण माणिक रत्न शाक्यले क्लबका सदस्यहरुबाट बाढी पिडीतको सहयोगको लागि संकलन गरिएको रकम रु. १०१,०००.०० को चेक जिल्ला गर्भनर रोटरीयण राजेन्द्र मान शेरचनलाई हस्तान्तरण गरिएको थियो ।
समारोहको समापन पछि मनोरन्जनको कार्यक्रम गरिएको उक्त समारोह क्लबको नियमानूसार क्लबको नियमित बैठकबाट शूरु गरिएको थियो भने समारोहको अन्त नियमित बैठकको अन्तबाट गरिएको थियो । समारोहमा रोटरी जिल्ला ३२९२को जिल्ला गर्भनर नोमिनी पुर्व जिल्ला गर्भनर, सचिव तथा विभिन्न क्लबहरुका अध्यक्षहरु समेत गरी करीव ८० जना भन्दा बढीको सहभागिता थियो । ‘चार्टड डे’ को कार्यक्रम अघि रोटरी इन्टरनेशनको नियमानूसार जिल्ला गर्भनरको क्लब भ्रमणको कार्यक्रमाको साथै क्लबको चौथो क्लब सभा पनि सम्पन्न गरीएको थियो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १२ कार्तिक २०८१, सोमबार १८:५९
भिमसेनस्थानका साँ गुठीद्वारा मरूसतस्मा गजूरमा पतास् फेर्ने र गाई पूजा सम्पन्न
श्रीस्वास्थानी व्रत प्रारम्भस् चाँगुनारायण यात्रामा ऐतिहासिक भाँडाकुँडा फुटाउने परम्परा पुनः सम्पन्न
नेपाल सीनियर केयर र क्यान्सर निवारण प्रतिष्ठानबीच सम्झौता
पोखरामा एकै स्थानमा विभिन्न फरक ब्रान्डका सवारी साधनको एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल हुने
सञ्चालनमा आयो पाँचतारे मर्क्युर होटल
पुलिसले जित्यो जय ट्रफीको उपाधि