काठमाण्डौं । नेपाल क्यान्सर निवारण प्रतिष्ठानको सदभावना दूतमा ‘मिस नेपाल नर्थ अमेरिका’ अन्ना कोईरालालाई नियुक्त गरिएको छ । प्रतिष्ठानको विशेष सम्मान समारोह कार्यक्रमको उपलक्ष्यमा कोईरालालाई सदभावना दूतमा नियुक्त गरिएको हो ।

उनलाई प्रमुख अतिथि पूर्व रक्षा मन्त्री माननिय प्रा. भीमसेन दास प्रधानले प्रतिष्ठानको विशेष सदभावना दूतबाट सम्मान गरेका थिए । साथै मन्त्री प्रधानले राजनीतिक गर्ने व्यक्तिहरुले भाषण धेरै काम थोरै गर्ने तर सामाजीक कार्य गर्ने व्यक्तिले काम धेरै गर्ने बताए । यस्तै सम्मानपछि अन्नाले प्रतिष्ठानको सदभावना दूत नियुक्ती भएकोमा आफू ज्यादै खुसी भएको बताइन् ।

उक्त सम्मान कार्यक्रममा वरिष्ठ र्याप गायक तथा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष निर्णय श्रेष्ठ, वल्र्ड बुक अफ रेकर्ड नेपाल च्याप्टरका अध्यक्ष सागर कटवाल, प्रतिष्ठानका महासचिव डा. सरिशा श्रेष्ठ, कोषाध्यक्ष फुपु तेन्जिङ्ग शेर्पा, प्रतिष्ठानका सद्भावना दूत मिस मंगोल २०२४ एन्जल राई, डा. देवेन्द्र कोइराला, डा. निता कोइराला, संगीता जोशी(श्रेष्ठ), मनीस सुवाल, पद्यम् सागर कक्षपति, रोसनी दाहाल, सिद् वाग्ले, मैया जोशी, राजेन्द्र चित्रकार, राजेश मानन्धर, प्रेरभिता स्वार, बिबिता पाण्डेको उपस्थिति थियो ।

सोही कार्यक्रममा सइसा श्रेष्ठलाई प्रतिष्ठानको अन्तराष्ट्रिय सम्वन्ध अधिकारीमा नियुक्त गरिएको थियो । साथै महासचिव डा. सरिशा श्रेष्ठले यस प्रतिष्ठानले क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्य गर्दै आइरहेको जानकारी दिइन् । सो कार्यक्रमको सभापतित्व वरिष्ठ गीतकार, समाजसेवी हरि गोपाल प्रधानले गरेका थिए ।




















रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-10-25
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
