
काठमाण्डौं । नेपाल क्यान्सर निवारण प्रतिष्ठानको सदभावना दूतमा ‘मिस नेपाल नर्थ अमेरिका’ अन्ना कोईरालालाई नियुक्त गरिएको छ । प्रतिष्ठानको विशेष सम्मान समारोह कार्यक्रमको उपलक्ष्यमा कोईरालालाई सदभावना दूतमा नियुक्त गरिएको हो ।

उनलाई प्रमुख अतिथि पूर्व रक्षा मन्त्री माननिय प्रा. भीमसेन दास प्रधानले प्रतिष्ठानको विशेष सदभावना दूतबाट सम्मान गरेका थिए । साथै मन्त्री प्रधानले राजनीतिक गर्ने व्यक्तिहरुले भाषण धेरै काम थोरै गर्ने तर सामाजीक कार्य गर्ने व्यक्तिले काम धेरै गर्ने बताए । यस्तै सम्मानपछि अन्नाले प्रतिष्ठानको सदभावना दूत नियुक्ती भएकोमा आफू ज्यादै खुसी भएको बताइन् ।

उक्त सम्मान कार्यक्रममा वरिष्ठ र्याप गायक तथा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष निर्णय श्रेष्ठ, वल्र्ड बुक अफ रेकर्ड नेपाल च्याप्टरका अध्यक्ष सागर कटवाल, प्रतिष्ठानका महासचिव डा. सरिशा श्रेष्ठ, कोषाध्यक्ष फुपु तेन्जिङ्ग शेर्पा, प्रतिष्ठानका सद्भावना दूत मिस मंगोल २०२४ एन्जल राई, डा. देवेन्द्र कोइराला, डा. निता कोइराला, संगीता जोशी(श्रेष्ठ), मनीस सुवाल, पद्यम् सागर कक्षपति, रोसनी दाहाल, सिद् वाग्ले, मैया जोशी, राजेन्द्र चित्रकार, राजेश मानन्धर, प्रेरभिता स्वार, बिबिता पाण्डेको उपस्थिति थियो ।

सोही कार्यक्रममा सइसा श्रेष्ठलाई प्रतिष्ठानको अन्तराष्ट्रिय सम्वन्ध अधिकारीमा नियुक्त गरिएको थियो । साथै महासचिव डा. सरिशा श्रेष्ठले यस प्रतिष्ठानले क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्य गर्दै आइरहेको जानकारी दिइन् । सो कार्यक्रमको सभापतित्व वरिष्ठ गीतकार, समाजसेवी हरि गोपाल प्रधानले गरेका थिए ।




















रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ९ कार्तिक २०८१, शुक्रबार ०९:०५
पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

पीएम कप एनभिए महिला तथा पुरुष भलिबल लिग जेठमा हुने

राष्ट्रपति पौडेल र अध्यक्ष दाहालबीच भेटवार्ता

पानी पर्न थालेसगैं बढ्न थाल्यो डेङ्गी सङ्क्रमण

Nature safari in CNP thrills visitors with close encounters of rhinos and tigers

कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण
