
काठमाडौं । सहकारी काण्डमा आफ्ना सभापति पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि पोखरामा विरोध प्रदर्शन गर्ने भएको छ । गत शुक्रबार पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि विरोधमा उत्रिएको रास्वपाले आज पनि पोखरामा प्रदर्शन गर्ने भएको हो ।
पार्टीका उपसपभाति डोलप्रसाद (डीपी) अर्यालले आज कात्तिक ६ गते मंगलबार दिउँसो १ः३० बजे पोखराको जिरो किमि भन्ने स्थानमा ‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ कार्यक्रम गरिने बताएका छन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरण अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई यही कात्तिक ३ गते पक्राउ गरेको हो । काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् ।
Sudina Shrestha
प्रकाशित: ६ कार्तिक २०८१, मंगलवार ०८:५२
पूर्व राष्ट्रपति भण्डारीद्वारा सरकारी सेवा सुविधा त्याग

डिशहोमको रमाइलो टिभीमा नेपाली भाषामा ‘रामायण’ प्रसारण हुने

प्रधानमन्त्री ओलीको स्पेनका व्यवसायी र लगानीकर्तासँग छलफल

संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति सदर

इन्डोनेसियाको बाली नजिक जहाज डुब्दा दुई जनाको मृत्यु, ४३ जना बेपत्ता

महिला एसियन कप छनोटः नेपाल र उज्बेकिस्तानको अंक र गोल दुवै बराबर
