काठमाण्डौ । नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले जहाज किन्दा लिएको ऋणको असोज महिनासम्मको किस्ता बुझाएको छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेको दुई वटा न्यारोबडी र दुई वटा वाइडबडी जहाजका लागि सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको किस्ताबापतको ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रुपैयाँ बुझाएको हो ।
यससँगै निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपछि ६ अर्ब ३२ करोड ८५ लाख ९७ हजार पाँच सय ३३ रुपैयाँ किस्ता रकम भुक्तानी भएको छ ।कोभिड–१९ महामारीका कारण निगमको व्यापारमा समेत प्रतिकूल असर परेको अवधिको ब्याज, ब्याजको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गर्न निगमले माग गरेको छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको र यस सम्बन्धमा छलफलसमेत भइरहेको निगमले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-10-18
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
