काठमाडौं । सदाझैँ यस वर्षको पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई दशैंको टीका र जमरा लगाइदिएका छन् । शनिबार निर्मल निवासमा अपरान्ह ४ बजेपछि पूर्वराजा ज्ञानेन्द्र शाहले शुभेच्छुक तथा सर्वसाधारणलाई टीका र जमरा लगाइदिएका हुन् ।

पूर्वराजाको हातबाट अभिनेत्री मनीषा कोइराला, नीति शाह, मिस नेपाल–२०२४ की विजेता आशमाकुमारी केसीलगायत विभिन्न नेता र कलाकारले टीका र जमरा लगाएका छन् ।

दशैंको मुख्य दिन शनिबार नेपालीहरुले मान्यजनको हातबाट शुभसाइतमा टीका लगाए । दशैंको टीका लगाउने क्रम पूर्णिमाको दिनसम्म चल्दछ । कुनैकुनै स्थानमा भने दशमीको दिनमा मात्र टीका लगाउने चलन छ ।









रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-10-13
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
