
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले १५ बुँदे स्पष्टीकरण सोधेको छ । लेखा समितिमा परेको उजुरीलगायत विषयमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले मंगलबार घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोधेको हो ।
मंगलबार सरकारले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । ऊर्जा मन्त्रालयले सोधेको स्पष्टीकरणका विषयमा छलफल गर्न प्राधिकरणको सञ्चालक समितिको बोर्ड बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको थियो । बिहान ११ बजे बस्ने बैठकका लागि राति साढे ९ बजे पत्राचार गरिएको थियो ।
तर, कोरम नपुगेकाले बोर्ड बैठक बस्न सकेन । सरकारले घिसिङको बोर्ड सञ्चालक समितिको कार्यकारी अधिकार खोस्ने तरिकाले नै स्पष्टीकरण सोधिएको बुझिएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २३ आश्विन २०८१, बुधबार १६:१९
कैलालीमा आमा-छोरी मृत भेटिए

विद्यार्थी नेताद्वारा प्रहरीमाथि आक्रमण, एकजनाको अवस्था गम्भीर

एनओसी निर्वाचनमा भाग लिने खेल संघलाई राखेपको ‘अल्टिमेटम, जवाफ चित्त बुझ्दो नभए बैंक खाता रोक्का गर्नेसम्म

प्रतिनिधिसभाको बैठक बस्दै

विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने अर्जेन्टिनाको घोषणा

टेलिकमका निवर्तमान कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध ३ करोडको भ्रष्टाचार मुद्दा
