काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले १५ बुँदे स्पष्टीकरण सोधेको छ । लेखा समितिमा परेको उजुरीलगायत विषयमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले मंगलबार घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोधेको हो ।
मंगलबार सरकारले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । ऊर्जा मन्त्रालयले सोधेको स्पष्टीकरणका विषयमा छलफल गर्न प्राधिकरणको सञ्चालक समितिको बोर्ड बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको थियो । बिहान ११ बजे बस्ने बैठकका लागि राति साढे ९ बजे पत्राचार गरिएको थियो ।
तर, कोरम नपुगेकाले बोर्ड बैठक बस्न सकेन । सरकारले घिसिङको बोर्ड सञ्चालक समितिको कार्यकारी अधिकार खोस्ने तरिकाले नै स्पष्टीकरण सोधिएको बुझिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-10-09
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
