
काठमाण्डौ । धौलागिरि हिमाल आरोहणमा गएका १४ मध्ये पाँच जना रुसी नागरिकको ज्यान गएको पुष्टि भएको छ । गएको आइतवारदेखि सम्पर्कविहीन भएका उनीहरुको हिजो शव भेटिएको हो ।
ज्यान गुमाउनेमा अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइ रहेका प्रहरीले जनाएको छ ।उनीहरुको हेलिकप्टरबाट खोजी गरिएको थियो ।
धौलागिरिको क्याम्प–१ क्षेत्रबाट सम्पर्कविहीन रहेका उनीहरूको शव ७ हजार ६ सय मिटर उचाइमा भेटिएको पर्यटन विभागले जनाएको छ । ज्यान गुमाएका अलेक्जेन्डरको नेतृत्वमा १४ जनाको आरोहण टोली नेपाल आएर धौलागिरि आरोहण गर्न लागेको थियो ।
आईएएम ट्रेकिङ कम्पनीको व्यवस्थापनमा गएका १४ मध्ये ६ जनाको स्वास्थ्य बिग्रिएपछि उनीहरुले आरोहणको योजना रद्द गरेर आधार शिविरमै बसेका थिए । शपिलेवो नामका व्यक्ति क्याम्प–१ बाटै आरोहण योजना रद्द गरेर फर्किएको विभागले जनाएको छ ।
Sudina Shrestha
प्रकाशित: २३ आश्विन २०८१, बुधबार १०:३७
कवि युबराज अधिकारीको ‘युद्ध, युद्ध नै हुन्छ ‘ कविता कृतिको लोकार्पण सम्पन्न

दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

थई प्रधानमन्त्रीको पद धरापमा

लाङटाङ राष्ट्रिय निकुञ्जमा फोहोर व्यवस्थापन गर्ने दिगो तरिका

Rabi Lamichhane calls for constitution rewrite and end to federalism

बाढीले दाङमा बीच टापुमा फसेकी बालिकाको उद्धार
