काठमाण्डौ । नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को न्यारोबडी जहाजले आउँदो बुधवार फूलपातीका दिन काठमाण्डौ–भैरहवा उडान गर्ने भएको छ ।
सडक खराब हुँदा धेरै मानिस हवाई यात्रा गर्न बाध्य छन् । तर हवाईजहाजको टिकट पनि नपाएको र पाएको टिकट पनि धेरै महँगो भएको गुनासो आएको छ । गुनासोलाई केही हदसम्म सम्बोधन गर्न निगमले विदेशमा उडान गर्दै आएको १ सय ५८ सिटको न्यारोबडी जहाजमार्फत भैरहवामा एउटा उडान गर्न लागेको हो ।
फूलपातीका दिन काठमाण्डौबाट जहाज ११ बजे भैरहवाका लागि उड्नेछ । साढे १२ बजे काठमाण्डौ फर्किनेछ । काठमाण्डौबाट भैरहवाका लागि भाडादर ७ हजार रुपैयाँ रहेको छ भने भैरहवाबाट काठमाण्डौको भाडा ३८ सय ९० रुपैयाँ रहेको निगमले जनाएको छ । निगमको वेबसाइटबाट टिकट लिन सकिनेछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-10-08
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
