
काठमाडौं । दशैंका लागि आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुुला भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंतिहारलाई लक्षित गर्दै खसीबोका प्रतिकेजी ६७० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुुट दिएर प्रतिकेजी ६६० रुपैयाँमा बिक्री खुुला गरेको हो ।
यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुुट दिएर एक हजार २२० रुपैयाँमा बिव्रmी खुुला गरिएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिए ।
शनिबारसम्म २०८ खसीबोका र तीन सय च्याङ्ग्रा काठमाडौं भित्रिसकेको छ । हेटौँडाबाट पहिलो लटमा २०८ खसीबोका आइपुुगेको र बाँकी बाटोमा आउने तयारीमा रहेको उनको भनाइ छ ।
च्याङ्ग्रा भने मुस्ताङबाट ल्याइएको छ । चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्न प्रत्येक वर्ष कम्पनीले खसीबोका र च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने गर्छ । यसपालि दसैँमा कम्पनीले एक हजार एक सय खसीबोका र तीन सय च्याङ्ग्रा ल्याउने योजना बनाएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २० आश्विन २०८१, आईतवार ०९:५१
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
