काठमाडौं । दशैंका लागि आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुुला भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंतिहारलाई लक्षित गर्दै खसीबोका प्रतिकेजी ६७० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुुट दिएर प्रतिकेजी ६६० रुपैयाँमा बिक्री खुुला गरेको हो ।
यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुुट दिएर एक हजार २२० रुपैयाँमा बिव्रmी खुुला गरिएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिए ।
शनिबारसम्म २०८ खसीबोका र तीन सय च्याङ्ग्रा काठमाडौं भित्रिसकेको छ । हेटौँडाबाट पहिलो लटमा २०८ खसीबोका आइपुुगेको र बाँकी बाटोमा आउने तयारीमा रहेको उनको भनाइ छ ।
च्याङ्ग्रा भने मुस्ताङबाट ल्याइएको छ । चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्न प्रत्येक वर्ष कम्पनीले खसीबोका र च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने गर्छ । यसपालि दसैँमा कम्पनीले एक हजार एक सय खसीबोका र तीन सय च्याङ्ग्रा ल्याउने योजना बनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-10-06
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
