काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गरेकामा सम्मानीत भएको छ । पर्यटन दिवशको अवसरमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सम्मान गरेका हुन् ।
निगमले सन् २०२३ अगस्टदेखि सन् २०२४ अगस्टसम्म १० करोड अमेरेकी डलरभन्दा बढी विदेशी मुद्रा आर्जन गरेको छ ।
अन्तराष्ट्रिय क्षेत्रमा उड्ने जम्मा ४ वटा जहाज हुँदाको अबस्थामा यो आर्जन गरेको हो । यदि निगमसँग १५/१६ वटा जहाज भएमा नेपालको पर्यटन क्षेत्रको कायापलट गर्ने देखिन्छ ।

त्यसैले निगमसँग पर्याप्त संख्यामा जहाजहरु हुनु आवश्यक छ । वार्षिक करिब डेढ खर्ब रुपैयाँको आय भएको उड्डयन क्षेत्रमा राष्ट्रिय ध्वजाबाहकको हिस्सा मुस्किलले करिब १४ प्रतिशत मात्र छ । बाँकी सबै आम्दानी विदेशी वायुसेवा कम्पनीहरूले आफ्नो देशमा लगिरहेका छन् । कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ४ प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण निगमसँग जहाजहरु कम हुनु नै हो ।
यसैबीच कार्यकारी अध्यक्ष अधिकारीले निगममा जहाज थप्न प्रयास गरिरहेका छन् । निगममा थप्ने प्रक्रिया समेत अध्यक्ष अधिकारीले अघि बढाएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-09-28
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
