चितवन । जिल्ला अदालत चितवनमा साहरा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेका संस्थापक गितेन्द्र बाबु (जीबी) राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय चितवनले बुधबार ३७ करोड ६५ लाख ८४ हजार ५४६ रूपैयाँ १७ पैसा रकम बिगो माग दाबीसहित ठगी मुद्दा दर्ता गरेको हो ।
जिल्ला सरकारी वकिल शान्तिप्रसाद लुइँटेलका अनुसार ४४६ जना जाहेरवालाले संयुक्तरूपमा आफ्नो बचत रकम संस्थापक राईसहित १७ जनाले अपचलन गरेको जाहेरी दिएका छन् ।
प्रतिवादीमा सहकारीका संस्थापक अध्यक्ष जीबी राई, सागर केसी, हेमन्त राई, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगर छन् । प्रतिवादी १७ जनामध्ये कुमार रम्तेलबाहेक १३ जना फरार छन् ।
प्रतिवादीबाट बिगो असुल उपर गर्नुका साथै मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को ठगी गर्न नहुने कसुरको मुद्दा लगाउँदै ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको समेत मागदाबी गरिएको छ ।
त्यसैगरी गोरखा मिडियामा गएको रकमका हकमा भने अनुसन्धान गर्न बाँकी नै रहेकाले पूरक अभियोजन लैजाने बाटो खुला राखिएको छ ।
जिल्ला न्यायाधिवक्ता लुइँटेलले ठगीमा संलग्न सबैको सम्पत्ति र सहकारीबाट लिएको रकम लिने कम्पनीको समेत छुट्टै अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरिएको बताए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-09-25
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
