
गण्डकी । सहकारीको रकम अपचलन गरेको आरोप लागेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली १६ महिनादेखि फरार रहेका छन् । उनीमाथि कास्की र बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोप छ ।
सहकारीका बचतकर्ताको करिब दुई अर्ब बचत रकम हिनामिना गरी विसं २०८० जेठ ५ मा उनी सपरिवार सम्पर्कविहीन भएका थिए । प्रहरीले नगरप्रमुख नेपालीलाई खोज्न गत माघमा ‘रेड कर्नर नोटिस’ जारी गरेपनि उनी अझै भेटिएका छैनन् ।
सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका ५२४ र बागलुङका एक हजार ५४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए ।
जिल्ला अदालत, बागलुङमा उक्त सहकारीका १३ जना सञ्चालकविरुद्ध मुद्दा चलिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिएका छन् ।
‘नगरप्रमुख देवकुमार नेपालीसहित सात जना सञ्चालक अझै फरार रहेको प्रहरी उपरीक्षक कँडेलले बताएका छन् । उनकाअनुसार रेड कर्नर नोटिस नै जारी गरेर उनीहरुको खोजी भइरहेको छ ।
सहकारीका कार्यवहाक अध्यक्ष डोरबहादुर परियारसहित पाँच जना पुर्पक्षका लागि थुनामा छन् । एक जना धरौटीमा रिहा भएका छन् । उक्त सहकारी संस्थामा भएको बचकर्ताको रकम अपचलन सम्बन्धमा थप अनुसन्धान भइरहेको एसपी कँडेलले जानकारी दिए ।
सहकारी संस्थाको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय विशेष छानबिन समितिले पनि अध्यक्ष नेपालीलगायत सञ्चालकलाई दोषी ठहर गरी कानुनी कारबाहीका लागि सरकारलाई सिफारिस गरेको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ९ आश्विन २०८१, बुधबार १०:४८
काठमाडौँमा विपद् पूर्वतयारीसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सरकारी बेरुजु ७ खर्ब ३३ अर्ब रुपैयाँ पुग्यो

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

नेपाल मानव धर्म सेवा समिति द्वारा २५६९ औं बुद्ध जयन्ती भव्य रूपमा सम्पन्न

बिदामा पनि पठनपाठन गर्न सरकारको अनुरोध

चट्याङ लागेर एक जनाको मृत्यु
