काठमाण्डौ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिक रूपमा आज स्वदेश फर्किने भएका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निम्तोमा १० दिने भ्रमणका लागि चीन गएको टोली पार्टी सभापति रवि लामिछाने सहकारी बचत अपचलनमा पक्राउ पर्ने आशङ्का भएपछि भ्रमण छोट्याएर फर्किन लागेको हो । रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जनाको टोली १० दिनका लागि अस्ति शनिवार मध्यरातमा चीनका लागि उडेको थियो ।
टोलीमा पार्टी उपसभापति स्वर्णिम वाग्ले, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरु गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुसरकार श्रेष्ठ छन् ।
सहकारी बचत अपचलन, दुरुपयोग, ठगी सम्बन्धनमा छानबिन गर्न गठित संसदीय समितिले रास्वपा सभापति लामिछानलेलाई पनि कारबाही गर्न सिफारिस गरेको छ । उनीसँगै कारबाही सिफारिस भएका गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी आइतबार दिउँसो पक्राउ परेका थिए । त्यसपछि तरंगित बनेको रास्वपाले आइतबार नै उपत्यकाका कार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालय चःमति बोलाएको थियो ।
भेला भएका नेता–कार्यकर्तालाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले आफूलाई निरन्तर खेद्ने र लखेट्ने कोसिस भइरहेको बताएका थिए । पार्टी पदाधिकारीहरूसँग छलफलपछि राति १० बजेतिर नेता–कार्यकर्तालाई सम्बोधन गर्न थालेका सभापति लामिछानेले सहकारी ठगी प्रकरणमा आफू संलग्न नरहेको भनी छानबिन समितिले प्रतिवेदन दिए पनि सरकारले ‘ट्रायल’ गर्न खोजेको आरोप लगाए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-09-23
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
