
काठमाडौँ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
सरकारले काठमाडौँ उपत्यका खानेपानी आपूर्ति सुधार आयोजना ९दोस्रो०को लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १७० मिलियन अमेरकी डलर अर्थात् २२ अर्ब ८९ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय सरकारले गरेको छ ।
सामान्य प्रक्रियाबाट फर्छ्योट हुन नसकेका बेरुजु फर्छ्योट गर्न भन्दै प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सदस्य अच्युतप्रसाद मैनालीको अध्यक्षतामा बेरुजु फर्छ्योट समिति गठन गरेको हो । बैठकले समितिको कार्यक्षेत्रसमेत तोकेको छ।



रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ४ आश्विन २०८१, शुक्रबार १८:४८
कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण

इरानलाई हमासको अवस्थामा पुर्याउने इजरायलको चेतावनी

राजावादीद्वारा अनिश्चितकालीन जनआन्दोलनको घोषणा

जिल्ला अस्पताल धनकुटामा डायलाइसिस सेवा सुरु

नेप्सेमा उच्च अंककाे वृद्धि, कारोबार रकम साढे १० अर्बमाथि

७२ औं मिस वर्ल्डमा सहभागी हुन मिस नेपाल सृच्छा प्रधान भारततर्फ प्रस्थान
