काठमाडौं । ‘इन्टेरियर डिजाइनर’हरुको छाता संगठन ‘आइडिया नेपाल’द्वारा आयोजित ‘आइडिया एक्सिलेन्स अवार्ड–२०२४’मा सैलिशा शाक्यले शीर्ष अवार्ड जितेकी छन् ।
काठमाडौंमा शुक्रबार सम्पन्न कार्यक्रममा आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइनकी ‘एकेडेमिक हेड’ सैलिशाले ‘आइडिया एक्सिलेन्स अवार्ड–२०२४’ पाउन सफल भएकी हुन् । कार्यक्रममा विभिन्न इन्टेरियर डिजाइरबीच प्रतिस्पर्धा भएको थियो ।
इन्टेरियर डिजाइनरहरुको उक्त कार्यक्रममा डिजाइनरतर्फ भने विश्वत्तम श्रेष्ठले अवार्ड पाए । उनले ‘डिजाइनर अफ द इअर’को उपाधि हासिल गरेका हुन् । ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा इन्टेनियर डिजानिङतर्फ १२ वटा विधामा अवार्ड दिइएको थियो ।
काठमाडौंको बागबजार, कमलादीस्थित हेरिटेजप्लाजा र ललितपुरको कुमारीपाटीमा रहेको आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइनले फेसन डिजानिङ र इन्टेरियर डिजाइजिङको अध्यापन गराउँदै आएको छ । आइआइएफटीबाट उत्पादित सयौँ विद्यार्थीले काठमाडौंलगायत देशका विभिन्न स्थानमा बुटिक तथा क्लोथिङ स्टोर सञ्चालन गरेर आत्मनिर्भर भएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-09-15
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
