काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष दशैँमा नयाँ नोट नसाट्ने भएको छ । राष्ट्र बैंकले खर्चको व्यवस्थापन गर्न भन्दै नयाँ नोट सटही बन्द गरेको हो । यो वर्ष दशैँमा आवश्यक हुनेलाई बजारबाट फिर्ता आएकामध्येबाट सुकिला नोट दिने तयारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्न र नोट छपाइ खर्च कम गर्न यस्तो निर्णय गरेको बैंकका सहायक प्रवक्ता डा।डिल्लीराम पोखरेलले बताए । उनका अनुसार दशैँमा साना तथा ठूला दरका नोट आवश्यक हुनेलाई एक वर्षअघि बजारमा पठाएर फिर्ता आएका सुकिला नोट बैंकमार्फत सटही गरिनेछ ।
दशैँका लागि ५, १० २०, ५० र १०० का नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैंकले यो पटक यसैअनुसार सटहीको सुविधा दिने छ । यो वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५०० कै हाराहारीमा सुकिला नोट सटही गर्ने बैंकले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-09-04
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
