काठमाडौं । आज बुवाको मुख हेर्ने दिन । सोमबार उत्तरपूर्वी काठमाडौंको गोकर्णेश्वरमा मन्दिरमा तीर्थ श्राद्ध गर्नेको घुइँचो लागेको छ । उत्तरगया धामको नामबाट परिचित गोकर्णमा तीर्थ श्राद्ध गर्नाले दिवंगत पितृले मोक्ष प्राप्त गर्छन् भन्ने जनविश्वास छ । तीर्थ श्राद्ध नगर्नेहरूले पनि गोकर्णमा गएर पितृ तर्पण दिने, सिदादान गर्नेछन्। कतिपयले ब्राह्मणलाई भोजनसमेत गराउने गर्छन् ।
आज बिहानैदेखि गोकर्णमा श्राद्ध गर्नेहरूको भिड छ । श्राद्ध गर्न जानेहरूको घुइँचोका कारण जोरपाटी-सुन्दरीजल रूटको सवारी आवागमनसमेत प्रभावित भएको छ । त्यसैले उक्त सडक आज पूर्णरूपमा बन्द गरिएको छ । गोकर्णेश्वर क्षेत्रको विशेष मेला भएकाले त्यसभेगका विद्यालय, संघ-संस्था आजको दिन बिदा दिइएको छ ।
आजैका दिन बुवालाई श्रद्धापूर्वक मिष्ठान्न भोजन गराउने र उपहार दिने चलन छ । बुवाले पनि आफ्ना सन्तानलाई आरोग्य, सुख-समृद्धिको कामनासहित आर्शीवाद दिने गर्छन् । छोराछोरीले आफ्ना पितालाई मीठा–मीठा परिकार खुवाइ खुसी तुल्याएमा सन्तानलाई सुखशान्ति मिल्ने जनविश्वास छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-09-02
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
