
काठमाडौं । आज बुवाको मुख हेर्ने दिन । सोमबार उत्तरपूर्वी काठमाडौंको गोकर्णेश्वरमा मन्दिरमा तीर्थ श्राद्ध गर्नेको घुइँचो लागेको छ । उत्तरगया धामको नामबाट परिचित गोकर्णमा तीर्थ श्राद्ध गर्नाले दिवंगत पितृले मोक्ष प्राप्त गर्छन् भन्ने जनविश्वास छ । तीर्थ श्राद्ध नगर्नेहरूले पनि गोकर्णमा गएर पितृ तर्पण दिने, सिदादान गर्नेछन्। कतिपयले ब्राह्मणलाई भोजनसमेत गराउने गर्छन् ।
आज बिहानैदेखि गोकर्णमा श्राद्ध गर्नेहरूको भिड छ । श्राद्ध गर्न जानेहरूको घुइँचोका कारण जोरपाटी-सुन्दरीजल रूटको सवारी आवागमनसमेत प्रभावित भएको छ । त्यसैले उक्त सडक आज पूर्णरूपमा बन्द गरिएको छ । गोकर्णेश्वर क्षेत्रको विशेष मेला भएकाले त्यसभेगका विद्यालय, संघ-संस्था आजको दिन बिदा दिइएको छ ।
आजैका दिन बुवालाई श्रद्धापूर्वक मिष्ठान्न भोजन गराउने र उपहार दिने चलन छ । बुवाले पनि आफ्ना सन्तानलाई आरोग्य, सुख-समृद्धिको कामनासहित आर्शीवाद दिने गर्छन् । छोराछोरीले आफ्ना पितालाई मीठा–मीठा परिकार खुवाइ खुसी तुल्याएमा सन्तानलाई सुखशान्ति मिल्ने जनविश्वास छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १७ भाद्र २०८१, सोमबार १०:४१
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
