
काठमाडौं । बाँकेको नरैनापुरमा झाडा पखालाका कारण एकै दिन चार जनाको मृत्यु भएको छ । आइतबार नरैनापुर–३ गेगली गाउँमा एक्कासि फैलिएको झाडा पखालाबाट वर्ष २५ कि रुसा पासी र उनकी छोरी वर्ष डेढ कि नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय यूसुफको मृत्यु भएको हो ।
त्यस्तै झाडापखालाबाटै १० जना बिरामी परेका छन् । भारतीय सिमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको जानकारी पाउनासाथ स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर विरामीको उपचार गरिरहेको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले जानकारी दिए ।
अत्यधिक गर्मी र खानेपानीमा केही गडबडी भएका कारण सो गाउँमा झाडा पखाला फैलिएको हुनसक्ने स्वाथ्यकर्मीको भनाइ छ ।
Sudina Shrestha
प्रकाशित: १७ भाद्र २०८१, सोमबार ०८:५४
सुन तोलाको २१ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

पाकिस्तानविरुद्धको टी-२० सिरिजमा बंगलादेशको लगातार दोस्रो जित

प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिदै

कस्तो छ आजको मौसम ?

विद्या भण्डारीको सदस्यता नवीकरण नहुने र राजनीतिमा फर्कन नमिल्ने एमालेको निर्णय

२०८२ साउन ०७ गते बुधबार: आजको राशिफल
