काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मुख्यसचिव एकनारायण अर्याललाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत मुख्यसचिव अर्याललाई बधाई दिँदै राज्यका हरेक निकायलाई जबाफदेही बनाउन सुझाव दिएका हुन् । प्रधानमन्त्री ओलीले सुशासन कायम गर्न कर्मचारी प्रशासन चुस्त हुनुपर्ने भन्दै यसमा कर्मचारी प्रशासनको ठुलो भूमिका रहेको उल्लेख बताएका छन् ।
‘सरकारले नीतिगत नेतृत्व मात्र गर्छ, कार्यान्वयन प्रभावकारी हुन कर्मचारी प्रशासनको ठुलो भूमिका हुन्छ । सरकारहरू आवधिक हुन्छन्, निजामती प्रशासन स्थायी सरकार हो’ प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘हरेक निकायका अधिकारीलाई आफ्नो निकायको कामप्रति जबाफदेही बनाउने, तत्काल गुनासो सुन्ने र समाधान गर्ने प्रणाली बनाउन हरेक निकायका अधिकारीले सार्वजनिक रूपमा सुनुवाइ गर्न मिल्ने गरी सामाजिक सञ्जालमा आ–आफ्नो कामको विवरण दिने पेज बनाउनु राम्रो हुन्छ ।’
प्रधानमन्त्री ओलीले सवारी चालक अनुमतिका लागि, अस्पतालमा सेवा लिन, नागरिकता, पासपोर्ट लिन किन लाइन बस्नुपर्ने बाध्यता रहेको भन्दै विकास निर्माणका आयोजनाहरू ढिलाइ भइरहेको र यी सबै कुरामा सम्बन्धित अधिकारीले तत्काल जवाफ दिने र सम्बोधन गर्ने प्रणाली विकास गर्न यसले सहयोग पुग्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हामीसँग सबै क्षेत्रका गरी करिब चार लाख ९निजामती, शिक्षक, सुरक्षा० राष्ट्र सेवक कर्मचारी छन् । कार्यसम्पादनमा उहाँहरूको सफलताले नागरिकमा सन्तुष्टि आउँछ, कामहरू अघि बढ्छन् र देश सफल हुन्छ । यस कामका लागि सफलता मिलोस् भन्ने कामना गर्दछु ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-08-30
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
