फिदिम । पाँचथरको फालेलुङ गाउँपालिका–५ स्थित एक घरमा विष्फोट हुँदा घाइते भएका एकै परिवारका दुई बालकको मृत्यु भएको छ । पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार दीलिप साँवाकी अढाइ वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो ।
विष्फोटमा परी घाइते भएकी प्रिन्साको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा र दिप्सनको इलाममा मृत्यु भएको थियो । बिहीबार आइतराज केरुङको घरमा दिउँसो साढे ३ बजेतिर विष्फोट भएको थियो । दीलिपको परिवार केरुङको घरमा बस्दै आएका थिए ।
विष्फोटमा चार बालकालिका घाइते भएका थिए । घाइतेमध्ये ९ वर्षीय पवन र अर्का एक बालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले प्रारम्भिक अनुसन्धानमा विष्फोट भएको बस्तु ह्याण्ड ग्रिनेड भएको पत्ता लागेको बताएका छन् । उनका अनुसार विष्फोट भएको स्थान नजिकै अर्को बम जस्तो बस्तु पनि भेटिएको छ ।
हाल सो स्थानलाई नेपाल प्रहरीको सुरक्षा घेरामा राखिएको छ । त्यो पनि विष्फोटक पदार्थ भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल तर्फ गएको छ । सेनाको टोली पुगेपछि विस्फोट भएको र शंकास्पद वस्तुको बारेमा विस्तृतमा थाहा हुने प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-08-30
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
